Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त

भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त

images

इच्छाकामना न्युज

१९, माघ २०७७
भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त
images

चितवन, १९ माघ । भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । आज (सोमबार) सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

आयोगको जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त भएको नेकपा चितवनकी नेतृ तथा राष्ट्रियसभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले जानकारी दिइन । पाठक तत्कालिन नेकपा एमालेको जिल्ला संगठन विभाग प्रमुख थिए । उनि तत्कालिन जुटपानी गाविसको दुई पटक अध्यक्ष समेत बनेका थिए । रत्ननगर नगरपालिका १० निवासी यादव दर्जनौ संघसंस्थामा आबद्ध छन ।

पाठकले सुरुवातमा कार्यालयको व्यवस्थापन गरेपछि भूमिहिनलाई लालपूर्जा उपलब्ध गराउने अभियानमा तीब्रताका साथ लाग्ने प्रतिकृया दिए । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

७७ जिल्ला अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष चितवनकै देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने कार्यक्रम तय भएको छ ।

भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सोही जिल्लाका नेकपा नेता छन् । आयोगको अध्यक्ष र सदस्यमा महिलाको संख्या पनि उल्लेख छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २०:५५:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology