Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नारायणगढका व्यवसायीसंग ज्यान मार्ने धम्की दिएर फिरौती माग गर्ने तीन युवक पक्राउ

नारायणगढका व्यवसायीसंग ज्यान मार्ने धम्की दिएर फिरौती माग गर्ने तीन युवक पक्राउ

images
नारायणगढका व्यवसायीसंग ज्यान मार्ने धम्की दिएर फिरौती माग गर्ने तीन युवक पक्राउ
images

चितवन । एक व्यवसायीसंग ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती रकम माग गर्ने तीन जना युवकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पुस २८ गतेदेखि रुपन्देही असुरैना वडा नं. ३ घर भई हाल भरतपुर–१ मा व्यवसाय गरेर बसेका करन गुप्तालाई बारम्बार अपरिचित एनसेलका विभिन्न नम्बरबाट फोन गरी १५ लाख रकम फिरौति माग गर्दै उक्त रकम नदिए सुट गरि हत्या गर्छु पटक–पटक दिनरात धम्कि दिएका युवाहरुलाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २७ का सरोज सुनार, भरतपुर–१ बस्ने वर्ष २६ का दिपक वि.क. र भरतपुर– २६ बस्ने वर्ष २५ का सागर वि.क.रहेका छन् ।

उनीहरुले निरन्तर धम्की दिन थालेपछि गुप्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा उजरी दिएका थिए । लगत्तै प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा विशेष प्रहरी टोली परिचालित भई विभिन्न प्रविधीको प्रयोग तथा सूचना संकलन तथा शंकित व्यक्तिको निगरानीबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुलाई माघ २ गते हिजो मात्रै गुप्ताबाट मागे बमोजिमको फिरौति रकम लिन आएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्धा शिर्षकमा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - २१:५७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology