Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बन्दिपुर गाउँपालिकाद्वारा साराङघाटमा अबैध रुपमा संचालित क्रसर उद्योगमा तालाबन्दी

बन्दिपुर गाउँपालिकाद्वारा साराङघाटमा अबैध रुपमा संचालित क्रसर उद्योगमा तालाबन्दी

images

इच्छाकामना न्युज

१९, पौष २०८०
बन्दिपुर गाउँपालिकाद्वारा साराङघाटमा अबैध रुपमा संचालित क्रसर उद्योगमा तालाबन्दी
images

बन्दिपुर । बन्दिपुर गाउँपालिकाले अनुमति नलिइ चलाइएको अवैध क्रसर उद्योगमा ताला लगाइदिएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ सारङघाटमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने क्रसर उद्योगमा गाउँपालिकाले बिहिबार ताला लगाइदिएको हो ।

415992461_935231508161069_992141427737002705_n.jpg

यस अघि पनि पटक पटक गाउँपालिका र जिल्ला प्रशासन कार्यलयले उक्त क्रसर उद्योग बन्द गराएको थियो । लुकिछिपि रातको समयमा समेत चोरी निकासी गरेको पाएपछि गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, वडा नम्बर ६ का वडाध्यक्ष वलबहादुर गुरुङ लगायत वडाका जनप्रतिनिधिहरु, नेपाल प्रहरी सहितको टोलीले क्रसर उद्योगमा ताला लगाएका हुन् ।

अबैध रुपमा उक्त क्रसर उद्योग सन्चालन गरेको भेटिएपछि ताला लगाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले फेरी पनि उक्त क्रसर सन्चालन गरेको भेटिए कानुनी कारवाही गरिने बताए ।

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:४७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology