Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

घुमाउने पुलको ठेक्का तोड्ने तयारीमा सडक डिभिजन कार्यालय तनहुँ

घुमाउने पुलको ठेक्का तोड्ने तयारीमा सडक डिभिजन कार्यालय तनहुँ

इच्छाकामना न्युज

१९, पौष २०८०
घुमाउने पुलको ठेक्का तोड्ने तयारीमा सडक डिभिजन कार्यालय तनहुँ
images

घुमाउने । बुद्धसिंह मार्गमा पर्ने तनहुँ र चितवन जोड्ने घुमाउनेको पुल निर्माण सम्पन्न गर्न निर्माण पक्षले कुनै पहल नगरेपछि सडक डिभिजन कार्यालय तनहुँले पुलको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ ।

images
images

सडक डिभिजन तनहुँले शुक्रबार निर्माण कम्पनी मृत सन्जिवी निर्माण सेवाको नाममा सार्वजानिक सुचना जारी गर्दै कार्यालयको तर्फबाट पटक पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत निर्माण कार्यको प्रगती अत्यन्तै न्युन देखिएको तथा पेश गरिएका कामको तालिका, माईलस्टोन र कामको क्रमागत प्राथमिकता अनुसार निर्माण कार्य सम्पन्न गर्ने गराउने सम्बन्धमा निर्माण कम्पनीको तर्फबाट कुनै प्रयास नगरेको र तदारुकता समेत नदेखाएकोले सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का अन्त्य किन हुनु नपर्ने भन्दै प्रश्न गरेको छ ।

सडक डिभिजनले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्झौताको मर्म र कानुनी परिधि भित्र रहेर स्पष्ट प्रमाण र आधारहरु सहित उचित जवाफ पेश गरि निर्माण कार्य द्रुत गतिमा सन्चालन गर्न जानकारी गराएकोछ । अन्यथा सार्वजानिक खरिद ऐन २०६३, सार्वजानिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको शर्त बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाईने जनाएको छ ।

ghumaune-pul-notice.jpg

सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपती ज्ञवालीले उक्त कम्पनीले उक्त घुमाउनेको पुल निर्माण सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि १५ दिने सुचना प्रकाशन गर्नु परेको बताए । उक्त पुलको बारेमा राष्ट्रिय स्तरमा समेत आवाज उठ्न थालेको र राष्ट्रपती, प्रधानमन्त्री, सम्बन्धित मन्त्री तथा तनहुँ र चितवनका सांसदहरुले समेत पटक पटक चासो देखाएपछि कार्यालयले निर्माण कम्पनीलाई बोलाएर समयमै काम सम्पन्न गर्न पटक पटक लिखित र मौखिक आग्रह गरेको ज्ञवालीले बताए ।

आर्क डिजाईनको उक्त पुल निर्माण गर्नकोलागि तत्कालै आर्कको काम सुरु गरिहाल्नु पर्ने अन्यथा बर्षायाम सुरु भएपछि फेरी कम्तीमा ६ महिना काम गर्न नसकिने भएपछि आर्क सम्बन्धी काम गर्ने प्राविधिकहरुलाई तत्कालै झिकाएर काम सुरु गर्नु पर्ने ज्ञवालीको भनाई छ । १५ दिन भित्रमा काम गर्ने प्रतिबद्धता र काम गर्ने स्पष्ट लक्षण नदेखाएमा उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरि नयाँ प्रक्रिया सुरु गर्ने ज्ञवालीले बताए । यदि त्यसो भएमा पुल निर्माण कार्य पुनः केही बर्ष ढिलाई हुनेछ ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडाले पहिलो पटक २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ ।

त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका फाउन्डेसन मात्र बनेका छन् । अरु काम हुनै सकेको छैन ।

पुलको चितवनको तर्फको पिल्लर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ग्यारेन्टी माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दावी छ । ठेकेदार कम्पनीले १० प्रतिशत पेश्कीसमेत लगिसकेको छ । पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ । देवघाट अनलाईनबाट

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - २१:४१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology