Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू प्ये ल्हु संघ चितवनले नारायणी किनारमा बृहत ल्होसार मनाउने,

तमू प्ये ल्हु संघ चितवनले नारायणी किनारमा बृहत ल्होसार मनाउने,

चर्चित लोक गायक मिलन लामाको प्रस्तुतीको साथमा प्हच्यु, क्ल्हेप्री, बोनलम्को नृत्य पनि देखाइने

इच्छाकामना न्युज

१०, पौष २०८०
तमू प्ये ल्हु संघ चितवनले नारायणी किनारमा बृहत ल्होसार मनाउने,
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवनले यसवर्षको तमू ल्होसार पर्वलाई विशेष बनाउन नारायणी नदी किनारमा मनाउने तयारी गरेको छ । गुरूङ समुदायको धार्मिक एवम् सांस्कृतिक संस्थाको रूपमा स्थापित संस्थाले यसपटक खुला स्थानमा ल्होसार मनाउने तयारी गरिएको मङ्गलबार भरतपुर–११, नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबोमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । संघका अध्यक्ष बिक्रम च्हम्रु तमूका अनुसार ल्होसार पर्वलाई थप परिचित गराउने उद्देश्यले नदी किनारमा मनाउने तयारी गरिएको हो ।

images
images

‘हामीले तयारी करिबकरिब सकाएका छौँ,’ उनले भने, ‘कार्यक्रममा धेरैभन्दा धेरैलाई उपस्थित गराउने प्रयास गरेका छौँ ।’ जिल्लाका सबैलाई पायक पर्ने सार्वजनिक स्थान भएको हुँदा यसवटक नदी किनारमा विशेष कार्यक्रम गर्ने योजना बनाएको उको भनाइ छ । प्ये ल्हु संघले यसपटक पुस १३ गते नै ल्होसार मनाउने तयारी गरेको हो । १५ गते मुख्य दिन भए पनि धेरै टोल तथा इकाइहरूमा मनाउने हुँदा जिल्ला समितिले १३ गते नै मनाउने तयारी गरिएको संघका सचिव चित्र ‘सोल्टी’ तमूले जानकारी दिए ।

410407148_376307684867348_5643517524799236233_n.jpg

images
प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - १८:३१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology