Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मोडल देव आर्यन र रन्जिता श्रेष्ठको सौराहामा रोमान्स 

मोडल देव आर्यन र रन्जिता श्रेष्ठको सौराहामा रोमान्स 

इच्छाकामना न्युज

३०, मंसिर २०८०
मोडल देव आर्यन र रन्जिता श्रेष्ठको सौराहामा रोमान्स 
images

चितवन । चितवनको पर्यटकिय स्थल सौराहामा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले रोमान्स गरेका छन् । युवा गायक सागर भुसालको स्वरमा रहेको रोमान्टिक गीतमा छायाङ्कनको क्रममा मोडलद्वयले स्क्रीनमा रोमान्स गरेका हुन् । 

images
images

मोडल देव र रन्जिताको अभिनय रहेको गीतको भिडियोको राजिव समरले निर्देशन गरेको छन । यतीबेला गीतको भिडियोको छायाङ्कन चितवनको पर्यटकिय स्थल सौराहामा धमाधम भैरहेको छ । 
 
भिडियो दृश्य नेत्र गुरुङ, प्रबेश पण्डित र सन्तोष परियारले संयुक्त छायाङ्कन गरेका छन् भने भिडियो छायाङ्कन सौराहा सँगै नवलपरासी, नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले मोडल रन्जिता सङ्ग काम गर्न पाउँदा सहज भएको महसुस गरेका छन । देवले निर्देशक राजिव समरको कामको पनि तारिफ समेत गरेका छन ।
 
यस अघि पनि ‘धरान बजारमा...’ मा सँगै काम गरेका देव भन्छन ‘राजिव सरको सँग फेरि काम गर्न पाउँदा निकै खुसी लागेको छ । उहाँ सँग यसरी नै निरन्तर काम गर्न पाईयोस।’ 

गीतमा शब्द भिष्मराज जोशीको संगीत सन्तोष रत्न दगंलको एरेन्ज एसके बस्यालको रहेको छ । बोडन्स फिल्मी पोड्क्सनले निर्माण गरेको गीतको भिडियो पुषको दोस्रो सातासम्म सार्बजनिक निर्माण पक्षले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - २२:१३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology