Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन खैरहनीको माझी बस्तीमा श्रीमानले निर्घात कुटेर श्रीमतीलाई गम्भीर घाइते बनाए

चितवन खैरहनीको माझी बस्तीमा श्रीमानले निर्घात कुटेर श्रीमतीलाई गम्भीर घाइते बनाए

इच्छाकामना न्युज

२८, मंसिर २०८०
चितवन खैरहनीको माझी बस्तीमा श्रीमानले निर्घात कुटेर श्रीमतीलाई गम्भीर घाइते बनाए
images

चितवन । डेढ वर्षअघि गीता माझीलाई पाठेघरमा हात घुसाएर निर्मम तरिकाले श्रीमानले हत्या गरेको पूर्वी चितवनको खैरहनी नगरपालिका १०, कठारको माझी बस्तीमा अर्की महिलालाई श्रीमानले कुटेर गम्भीर घाइते बनाएका छन् ।

images
images

२७ वर्षकी राधिका माझीलाई उनका श्रीमान् ३० वर्षका गर्भा माझीले रक्सी सेवन गरी साँझ ६ बजेतिर कुट्दा टाउकोमा चोट लागेर राधिका गम्भीर घाइते भएकी हुन् ।

सोही बस्तीमा घर भएकी खैरहनी १० की वडा सदस्य ग्यायन्ती पासवानका अनुसार मादक पदार्थ सेवन गरी गर्भाले कुटपिट गर्दा घाइते भएकी राधिका बेहोस अवस्थामा छिन् । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीले उपचारको लागि भरतपुर अस्पताल लगेको छ । भने, श्रीमान् गर्भालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार गर्भा अहिले रक्सीले मातेको कारणले के कारणले कुटपिट गरेको खुलेको छैन ।
 
गर्भाले यसअघि पनि कुटपिट गर्दा राधिकाको दाहिने हात भाँच्चिएको थियो । ग्यायन्तीका अनुसार तीन वटा छोराछोरीलाई राधिका एक्लैले रेखदेख गर्दै आएकी थिइन् । आफू काम पनि नगर्ने तर, मादक पदार्थ सेवन गरी राधिकालाई गर्भाले हरेक दिन कुटपिट गर्ने गर्दथे ।

डेढ वर्षअघि २०७९ जेठ महिनामा सोही बस्तीकी गीता माझीलाई उनका श्रीमानले पाठेघरमा हात हालेर यातना दिँदा गीता माझीको निधन भएको थियो ।

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०९:४०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology