Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

लायन्स क्लब अफ लालबन्दी सिटिद्वारा अशक्तलाई ह्विल चेयर सहित नगद सहयोग

लायन्स क्लब अफ लालबन्दी सिटिद्वारा अशक्तलाई ह्विल चेयर सहित नगद सहयोग

images
लायन्स क्लब अफ लालबन्दी सिटिद्वारा अशक्तलाई ह्विल चेयर सहित नगद सहयोग
images

सर्लाही, १७ माघ । लायन्स क्लब अफ लालबन्दी सिटिले ईश्वरपुर नगरपालिका वाडं न ६ का एक अशक्तलाई सहयोग गरेको छ । ईश्वरपुर नगरपालिका वाडं न ६ बस्ने वर्ष ३८ का  लालबाबु भुजेललाई  लायन्स क्लब अफ लालबन्दी सिटिले १ थान ह्विल चेयर सहित नगद सहयोग गरेको लायन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो । 
लायन्स क्लब अफ लालबन्दी सिटिका अध्यक्ष न्यौपानेका अनुसार  भुजेलका हात पाऊ नचल्ने समस्याका कारण विगत ४ वर्षदेखि एकै स्थानमा थला परेर बसेका छन्् । आर्थिक अबस्था कमजोर रहेका उनलाई १ थान ह्वील चेयर हस्तान्तरण गरेको हो, भने उनका छोरा छोरीलाई कपि ,कलम किन्न ईस्वरपुरकै एक समाजसेबी तथा ब्यापारी रूस्तम मिकरानिले रु २ हजार नगद सहयोग गर्नु भएको हो । 
लायन्स क्लब अफ लालबन्दी सिटिले सर्लाहीका विभिन्न स्थानमा रहेका फरक क्षमता भएका तथा अशक्तहरुलाई विभिन्न समयमा आर्थिक तथा अन्य सहयोगहरु गर्दै आएको छ । समाजमा रहेका फरक क्षमता भएका तथा अशक्तहरुलाई आफुहरुले सानो सहयोग गर्दा अरु सहयोगी दाता तथा समाजसेविहरुबाट थप सहयोग मिलोस भन्ने आफुहरुको चाहना रहेको लायन्स क्लब अफ लालबन्दी सिटिले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - २०:१७:१४ बजे

रमेश अधिकारी( रितिक)

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology