Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रूपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

रूपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

इच्छाकामना न्युज

१६, मंसिर २०८०
रूपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु,  आक्रोशित स्थानीयले  जलाए बस
images

रुपन्देही । रूपन्देहीमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा शनिबार विहान स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका हुन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ।

images
images

सूर्यपुरा ३ सिद्धार्थ बोर्डिंग स्कुल को लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाएका छन् ।

इलाका प्रहरी कार्यालयले घटनामा दुई जनाको घटनास्थलमा मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेपनि मृतकको पहिचान नखुलेको जनाएको छ ।

स्थानीय वीरेन्द्र मिश्रका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ अमारी गाउँका इरसार मुसलमानले आफ्ना बालबालिका मदरसा छोड्न जाने क्रममा शनिबार भ्रमणमा जाँदै गरेको सो स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जानकारी दिए । उनका अनुसार अहिले सो क्षेत्रमा स्थानीले प्रदर्शन गरेका छन् भने स्थिति तनाबग्रस्त भएको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - १२:००:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology