Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

टिकौली चौरमा हुने १२ औं रत्ननगर महोत्सव २०८० को तयारी सुरु

टिकौली चौरमा हुने १२ औं रत्ननगर महोत्सव २०८० को तयारी सुरु

images

रासस

११, मंसिर २०८०
टिकौली चौरमा हुने १२ औं रत्ननगर महोत्सव २०८० को तयारी सुरु
images

रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आयोजना हुँदै आएको रत्ननगर महोत्सव- २०८० को तयारी सुरु गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघले दुई दुई बर्षमा आयोजना गर्दै आएको सो महोत्सवको यस पटक १२औं संस्करण हो ।

महोत्सव पौष २६ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप स्टलबुकिङ खुल्ला सहित आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष गिरी संयोजक रहेको मुल व्यवस्थापन समिति सहित विभिन्न उपसमिति बनाएर काम अगाडि बढाइएको छ ।

चितवनको आर्थिक विकास गर्ने उद्देश्यले सो महोत्सव हुँदै आएको छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइनेछ ।

स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने संघका अध्यक्ष गिरीले जानकारी दिए ।

महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उनले बताए ।

‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ ।

महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला सँस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन पाँच सय वटा स्टल रहने छ ।

महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकहरुले विभिन्न प्रविधिहरुको प्रदर्शन समेत हुने संघका अध्यक्ष गिरीले जानकारी दिए । महोत्सव अन्तर्गत फुड फेष्टिवल समेत हुने छ । 

images
प्रकाशित मिति :मंसिर ११, २०८० सोमवार - ०८:४७:१३ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology