Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को, एमाले आँबुखैरेनी उपाध्यक्ष सहित दर्जनौ प्रवेश

आँबुखैरेनीमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को, एमाले आँबुखैरेनी उपाध्यक्ष सहित दर्जनौ प्रवेश

images

इच्छाकामना न्युज

१, मंसिर २०८०
आँबुखैरेनीमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को, एमाले आँबुखैरेनी उपाध्यक्ष सहित दर्जनौ प्रवेश
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा विभिन्न पार्टीका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । आज शुक्रबार मात्रै दर्जन भन्दा बढिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टिका ग्रहण गरी पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना बिक, वडा अध्यक्ष बद्री भट्टराई रहेका छन् । 

401129726_2311590025694356_5446038389796683575_n.jpg

त्यस्तै गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईं, सामाजिक व्यक्तित्वहरू दीपक गुरूङ, अभिशेक गुरूङ, सूर्य बिक, युवा व्यवसायीहरू भगवान श्रेष्ठ, विनय श्रेष्ठ, तमु समाजका अध्यक्ष चीजकुमार गुरूङ, युवा नेताहरू सन्दीप सुनार, बम बहादुर सुनार, जगत बिक, अमृत बिक, बादल सुनार, निश्चल सुनार, सुजन गुरूङ, नेत्र गुरूङ, रामबादुर गुरुङ लगायत रहेका छन्।

नवप्रवेशी नेता–कार्यकर्तालाई प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरेका थिए । 

जनतासंग माअ‍ोवादी विशेष रुपान्तरणको  तीन महिने अभियानमा आँबुखैरेनीमा मात्र  विभिन्न पार्टी परित्याग गरि २७५  जना माओवादी केन्द्रमा प्रवेश गरेको  गाउँपालिका अध्यक्ष समेत रहेका माओवादी केन्द्र तनहुँका सचिव शुक्र चुमानले जानकारी दिए ।  

images
प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - २१:५१:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology