Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरमा स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मकवानपुरमा स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

इच्छाकामना न्युज

९, कार्तिक २०८०
मकवानपुरमा स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
images

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान् घाइते भएका छन्।

images
images

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२-०२७-प ४८४२ नम्बरको स्कुटर बुधबार  दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

उनकी श्रीमती ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको डीएसपी भण्डारीले बताए।

काठमाडौंबाट हेटौंडा जाने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०८:३०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology