आँबुखैरेनी, १५ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा फेरी अर्को नयाँ सहकारी सञ्चालनमा आएको छ। स्थानीय ४० जनाको २ करोड ७० लाख रुपैयाँ शेयर लगानीमा आँबुखैरेनी बजारमा नयाँ सहकारी सञ्चालनमा आएको हो।

आजदेखि सञ्चालनमा आएको नयाँ सहकारीमा सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ। सहकारी ऐन २०७४ बमोजिम आँबुखैरेनी गाउँपालिकामा १० औं सहकारीको रुपमा सुर्योदय साकोस सञ्चालनमा आएको हो।
सहकारीको आज एक कार्यक्रमका बिच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै अध्यक्ष थापाले सहकारीको प्रगतीको कामना गर्नुभयो।

यस्तै कार्यक्रममा बोल्दै सहकारीका तदर्थ समितिका अध्यक्ष बाबुराम श्रेष्ठले सहकारीका सदस्यहरुमा नविनतम सकरात्मक सोचहरुको विकास गर्दै आत्मनिर्भर सभ्य जागरुक समाजको स्थापना सघाउ पु¥याउने सोचका साथ सहकारी सञ्चालन गरिने बताउनुभयो। हाल करिब पौने ३ करोड रहेको सहकारीको अधिकृत पूँजी आगामी एक वर्ष भित्रमा ४ करोड पु¥याउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो।

नयाँ सहकारी शुभारम्भको अवसरमा ९ प्रकारको बचत खाता र ५ प्रकारको ऋण खाता संचालनमा ल्याईएको सहकारीले जानकारी दिएको छ।
सहकारीको समुद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेल, प्राईम कमर्सियल बैंक आँबुखैरेनीका शाखाका प्रमुख शिवजी तिवारी लगायतको उपस्थिति रहनुका साथै शुभकामना मन्तव्य राख्नुभएको थियो।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष लक्ष्मी श्रेष्ठले राख्नुभएको थियो।