Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आज ४ जना कोरोना संक्रमित थपिए

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आज ४ जना कोरोना संक्रमित थपिए

हप्ता दिन अघि आंशिक रुपमा सञ्चालनमा आएका विद्यालयहरु पुनः बन्द गर्ने तयारी हुदै

चित्र बहादुर गुरुङ

२०, आश्विन २०७७
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आज ४ जना कोरोना संक्रमित थपिए
images

विशालटार, २० असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गाउँपालिकाको २ पुरुष र २ महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। 
कोरोना संक्रमित देखिनेमा गाउँपालिकाको वडा नं. २ का १९ वर्षिय पुरुष त्यस्तै वडा नं. ७ को ३४ वर्षिय पुरुष, ३४ वर्षीया महिला र १४ वर्षीया बालिका रहेका छन्। अहिलेसम्म उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले जानकारी दिनुभयो। 
यसैबिच बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. ७ मा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप सतर्कता अपनाउन गाउँपालिकाले आज एक सूचना जारी गरेको छ। साथै अघिल्लो हप्तादेखि मात्र आंशिक रुपमा सञ्चालनमा आएका विद्यालयहरु भोली देखि पुनः बन्द गर्ने तयारी भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयो।

images
images

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १८:११:२९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology