Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बझाङ भूकम्पमा परि बेपत्ता महिलाको पहिरोमा च्यापिएको अवस्थामा शव भेटियो

बझाङ भूकम्पमा परि बेपत्ता महिलाको पहिरोमा च्यापिएको अवस्थामा शव भेटियो

इच्छाकामना न्युज

१७, आश्विन २०८०
बझाङ भूकम्पमा परि बेपत्ता महिलाको पहिरोमा च्यापिएको अवस्थामा शव भेटियो
images

बझाङ । बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।

images
images

पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ । भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही  घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।

भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भिर र छविस पाथीभेराको जालेबगरलगायतका ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पराकम्प आइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।

सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का बझाङका साथै बाजुरा, डोटी, बैतडी र भारतको दिल्लीसम्म महसुस गरिएको थियो ।

पटक–पटक परकम्प गइरहेकाले स्थानीय बासिन्दाले घरबाहिर खुला चौरमा बसेर रात कटाएका छन् । दिउँसोको समय भूकम्प गएको र घरमा कोही नभएको बेला हुनाले पनि मानवीय क्षति हुनबाट जोगिएको स्थानीय जनप्रिय माविका प्रध्यानाध्यापक पद्म खड्काले बताउनुभयो । जिल्ला अस्पताल बझाङले खुला चौरमा नै उपचार सेवा दिएको छ ।

यस्तै, जिल्ला बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले खप्तड छेडेदह गाउँपालिका, बूढीगङ्गा र बडीमालिका नगरपालिकालगायत क्षेत्रमा थुप्रै घरहरू चर्किएको र भत्किएका र क्षतिको विवरण सङ्कलनका लागि सुरक्षाकर्मी खटिएका बताउनुभएको छ । भूकम्पले बैतडीमा दुई जना घाइते भएका छन् । त्यस्तै, दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनमा क्षति पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ०८:१३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology