Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अख्तियारको टोलीले छापा मारेपछि जनकपुर यातायात कार्यालयद्वारा लाइसेन्स परीक्षा स्थगित 

अख्तियारको टोलीले छापा मारेपछि जनकपुर यातायात कार्यालयद्वारा लाइसेन्स परीक्षा स्थगित 

इच्छाकामना न्युज

१५, माघ २०७७
अख्तियारको टोलीले छापा मारेपछि जनकपुर यातायात कार्यालयद्वारा लाइसेन्स परीक्षा स्थगित 
images

जनकपुरधाम, १५ माघ । जनकपुरस्थिथत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ । मंगलवार कार्यालयमा अख्तियारको टोलीले छापा मारेर घुस रकमसहित दुई जना पक्राउ परेपछि कार्यालयले परीक्षा स्थगित गरेको हो । 
कार्यालयका निमित्त प्रमुख विरन्द्र साहले सूचना निकालेर हिजोदेखि भोलिसम्मका लागि तय भएको सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरू स्थगित गरिएको बताउनुभएको छ । कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा भनिएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले कार्यालयमा छापा माररे घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई मंगलवार साँझ पक्राउ गरेको थियो । 

images
images

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १०:१६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology