Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मृगौला पिडित चितवन कालिकाको किशोरीलाई चितवन समाज युकेको लाखौ सहयोग

मृगौला पिडित चितवन कालिकाको किशोरीलाई चितवन समाज युकेको लाखौ सहयोग

इच्छाकामना न्युज

१०, आश्विन २०८०
मृगौला पिडित चितवन कालिकाको किशोरीलाई चितवन समाज युकेको लाखौ सहयोग

चितवन । चितवन समाज यूकेले दुई वटा मृगौला पिडित किशोरीलाई आर्थिक सहयोग गरेको छ । समाजले कालिका नगरपालिका वडा नम्बर ६ स्थित सुन्दरबस्तिकी १९ बर्षिया जस्मिन गुरुङलाई एक लाख छ हजार रुपैया आर्थिक सहयोग गरेको हो । बेलायत बस्ने नेपालीहरुबाट संकलन गरिएको रकम आज पिडित गुरुङको घरमानै पुगेर रकम हस्तान्तरण गरिएको चितवन समाज युकेका कोषाध्यक्ष झलक सुवेदीले जानकारी दिनुभयो ।

images

माघ महिनादेखि गुरुङका दुई वटै मृगौलाले काम गर्न छाडेका थिए । अहिलेसम्म उपचारको क्रममा लाखौ रुपैंया खर्च भइसकेको पिडित किशोरीका बुवा सिंह बहादुर गुरुङले बताउनुभयो । सुकुम्बासी वस्तीमा बस्दै आउनुभएका उहाँले ज्याला मजदुरी गरेर परिवार पाल्दै आउनुभएको छ। अहिले छोरी बिरामी भएपछि उपचार गराउन कठिन भएको उहाँले बताउनुभयो । ‘मृगौला प्रत्यारोपण गर्नका लागि डाक्टरले २५ लाख लाग्छ भन्नुभएको छ । आफुलाई डायलाइसिस गर्ने पैसा समेत छैन,’उहाँले भन्नुभयो, ‘कसैले सहयोग गरे मृगौला फेर्न हुन्थ्यो ।’ पैसा जुट्यो भने गुरुङले छोरीलाई एउटा मृगौला दिने सोच बनाउनुभएको छ ।

अहिले डायलाइसिस गर्न समेत पैसा नभएको उहाँले दुखेसो गर्नुभयो । आफन्तले दिएको सहयोगबाट डायलाइर्एसिस गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ‘हप्तामा दुई पटक डायलाइसिस गर्नुपर्छ एक पटकमा ५ हजार रुपैयाँ खर्च हुन्छ । पैसा नभएर अस्पताल जाने गाडिभाडा समेत हुँदैन।’ मृगौला पिडित जस्मिनले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल समेत गर्नुभएको छ । ‘बाँच्न मन छ । मर्न मन छैन उहाँले गहभरी आशु निकाल्दै भन्नुभयो ‘मेरो उपचारमा सहयोग गरिदिनु ।’

विरामीको आर्थिक अवस्था देखेपछि संस्थाका सचिव डिल्ली लामिछाने र महिला संयोजक नारायणी लामिछानेको संयोजकत्वमा चन्दा संकलन गरिएको थियो । हस्तान्तरण कार्यक्रममा समाजका सल्लाहकार शान्त विनोद लामिछाने, दृपा सुवेदी, नविन तिमिल्सना लगायतको उपस्थती रहेका थियो

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २२:०६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology