Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

रास्वपाका सभापति लामिछाने र नेता स्वर्णीम वाग्लेद्वारा इच्छाकामना महोत्सवको अवलोकन

रास्वपाका सभापति लामिछाने र नेता स्वर्णीम वाग्लेद्वारा इच्छाकामना महोत्सवको अवलोकन

images

इच्छाकामना न्युज

३०, भाद्र २०८०
रास्वपाका सभापति लामिछाने र नेता स्वर्णीम वाग्लेद्वारा इच्छाकामना महोत्सवको अवलोकन
images

कुरिनटार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले  इच्छाकामना महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको तेश्रो दिन शुक्रबार पार्टीका नेता तथा संघिय सांसद डा. स्वर्णिम वाग्ले सहितका नेताहरुको साथमा आएका सभापति लामिछानेले दोश्रो इच्छाकामना महोत्सव २०८० को अवलोकन गरेको हो । लामिछानेलाई इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष तथा महोत्सवका संयोजक कल्याण गुभाजुले खादा लागाएर स्वागत गरेको थियो ।  

महोत्सव अवलोकन पश्चात सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ का सांसद समेत रहेका सभापति लामिछानेले महोत्सवले इच्छाकामनालाई चिनाउन थप भुमिका खेल्नेमा विश्वास व्यक्त गरे । सभपाति लामिछानेले भन्नुभयो,“यो महोत्सव हेर्दै  यति आकर्षक धेरै मनमोहक छ, यति हरियालीका बिचमा यस्तो महोत्सव जहाँ सांस्कृतिक प्रश्तुतीहरु छन्, स्थानिय विभिन्न व्यापार प्रवद्र्धनका सामाग्रीहरु छन्,आपसी मित्रता र भाइचारा छ, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न झाँकीहरु पनि छन् भन्ने मैले विश्वास गरेको छु, कलाकारहरुको विशिष्ट प्रश्तुतीहरु रहेको छ, साच्चिकै उदाहरणीय कार्यक्रम हो भन्ने लाग्दछ, इच्छाकामनालाई  चिनाउन यस महोत्सवले  थप महत्वपूर्ण भुमिका खेल्नेछ ।”  

सभापति लामिछानेले यस महोत्सवले राजनितिकरण भन्दा पनि सांस्कृतिक उचाई प्राप्त गर्न सकोस भनि सफलताको शुभकामना  दिए । उनले भने, “आफु यसै क्षेत्रको रहेको र आफ्नै क्षेत्रमा यस्तो सुन्दर दृष्य देख्दा खेरी साच्चिकै मन नै रोमाञ्चक हुँदो रहेछ । यसले राजनितिक करण भन्दा पनि सांस्कृतिक उचाई प्राप्त गर्न सकोस र महोत्सवको सफलता कामना गर्दछु । ”

यस पटकको महोत्सवमा कुनै पनि सहयोग गर्न नपाएकोमा आफु दुखीरहेको  बताउदैँ सभपाति लामिछाने आगामी  बर्षमा हुने कार्यक्रममा आफु र आफ्नो सचिवालय र साथीहरुबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । आफुले यस्ता पवित्र कार्यक्रममा थप एउटा इट्टा थप्ने अवसर मिल्नेमा विश्वास व्यक्त गरे।  

महोत्सवको तेश्रो दिन चर्चित लोक दोहोरी गायिका ज्योति मगर लगायत स्थानिय कलाकाहरुको प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थिए । कार्यक्रम  महोत्सवका संयोजक तथा नम्बर ४ को वडाध्यक्ष रुद्र उप्रतीको सभापतित्वमा सम्पन्न भएको हो  । 

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - ०८:००:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology