Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एशियन सहकारी दमौलीद्वारा एशियन मार्टको शुभारम्भ

एशियन सहकारी दमौलीद्वारा एशियन मार्टको शुभारम्भ

इच्छाकामना न्युज

१४, माघ २०७७
एशियन सहकारी दमौलीद्वारा एशियन मार्टको शुभारम्भ
images

दमौली, १४ माघ । एशियन उपभोक्ता सहकारी संस्थाद्धारा संचालित सुपथ मुल्य पसल एशियन मार्टको शुभारम्भ भएको छ । एशियन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले एशियन मार्टको शुभारम्भ गर्नुभएको हो । 
सो अवसरमा वोल्दै प्रमुख अतिथी न्यौपानेले तनहुँको सन्दर्भमा सहकारीले उपभोक्ता सँग प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य समानको पसल खोल्नु सराहनीय भएको वताउनुभयो । यो उपभोक्ता पसल सहकारीद्धारा संचालित भएको हुदाँ सहकाीको मुल्य र मान्यता अनुरुप संचालन भएको वताउनुभयो । संस्था खोल्नु आफैमा सहनिय काम भएको भएता पनि यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने वताउनुभयो । सवै उपभोग्य वस्तु एकै ठाँउमा उपलव्ध भएको हुदाँ यसवाट ग्राहक महानुनभावहरुले थप सेवा समेत पाउने वताए । 
सो अवसरमा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले एशियन सहकारीले राम्रो कदम चालेको वताउनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुष्ठनाथ मिश्र, व्यानपा वडा नं ५ का वडाध्यक्ष विश्व न्यौपाने, उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य वृषराज श्रेष्ठ, पुर्व नगर प्रमुख तारा प्रसाद श्रेष्ठ, महासचिव ईम कुमार श्रेष्ठ, उवासंघा पुर्व अध्यक्षहरु अशोक कुमर श्रेष्ठ, शंकरलाल राजभण्डारी, मंगल प्रसाद श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संस्थका अध्यक्ष देवी वहादुर वस्नेत, तनहुँ जिल्ला उपभोक्ता सहकार िसंघका अध्यक्ष राजेन्द्र केशरी न्यौपाने, व्यास वचत तथा ऋण सहकारीका अध्यक्ष एवं दमौली अस्पताल विकास समितीा अध्यक्ष प्रदिपराज अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । यसैगरि कार्यक्रममा मार्टका संयोजक हरिवहादुर कार्कीले मार्टका वारेमा प्रकाश पार्नुभएको थियो भने संस्थाका सचिव कृष्ण वहादुर केसीले कार्यक्रम संचालन गर्नुभएको थियो । 

images
images

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - ११:१९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology