Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मृत भेटिएको गैँडाको खाग र एउटा खुर भेटिएन

मृत भेटिएको गैँडाको खाग र एउटा खुर भेटिएन

images

रासस

२६, भाद्र २०८०
मृत भेटिएको गैँडाको खाग र एउटा खुर भेटिएन
images

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको थियो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीकाअनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरी शिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ ।
 
गैँडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबिआई)सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । 

गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशङ्का गरे । उनले भने, “खाग नभेटिएपछि चोरीशिकारको आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ ।”

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । 

चालू आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ ।   

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ०६:४२:३७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology