Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्रविन श्रेष्ठको मनछुने दशैं गित चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा 'धेरै धोका खाको' सार्वजनिक [भिडियोसहित]

प्रविन श्रेष्ठको मनछुने दशैं गित चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा 'धेरै धोका खाको' सार्वजनिक [भिडियोसहित]

इच्छाकामना न्युज

२०, आश्विन २०७७
प्रविन श्रेष्ठको मनछुने दशैं गित चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा 'धेरै धोका खाको' सार्वजनिक [भिडियोसहित]
images

गोरखा, २० असोज
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै सन्दर्भमा चन्द्र सुर्य म्युजिक ग्रुपको प्रस्तुतिमा दशैंतिहारको शुभकामना सहित दशैं कोसिले 'धेरै धोका खाको' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोकप्रिय गायिका देवि धर्ति मगर र गायक प्रविन श्रेष्ठको सुमधुर स्वरमा सजिएको गितमा , प्रविन श्रेष्ठ र सुनिल सागरको उत्कृष्ट शब्द सृर्जना एवम् विष्णु शिहको लय रचनामा उक्त गित सजिएको छ । त्यस्तै गितमा सुनिल सागरको थेगो रहेको छ । गितमा प्रदेशी र घरदेशी विचको यथार्थ घटनालाई दर्शाईएको छ ।

माने चाड म साथमा नभानि , सम्झिएर दुर्गा र भवानि
दिए भने ऋण लिनु कसैलाई , जसोतसो टार्नु है दशैलाई
गितमा निकै मनछुने मार्मिक शब्दहरु प्रयोग भएका छन् भने कतिको जिवनमा त मेल पनि खाएको छ ।

गितको अडियो मात्रै नभई भिडियो पनि निकै उत्कृष्ट वनेको छ ,
चर्चित निर्देशन मदन खड्काको उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त मोडेल कलाकार सारिका केसि , डम्बर , अनुुपा , नविन , प्रगति लगायत थुप्रै कलाकारहरुको मनछुने अभिनय रहेको छ ।

समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट र मन छुने वनेको छ । गितको म्युजिक भिडियोमा विरेन्द्र भट्ट छांयकन एनम् अमृत चापागाईको सम्पादन रहेको छ ।

सांगितिक बजारमा निकै प्रतिस्पर्धाको साथ नया नया सृर्जनाहरु लिएर अघि बढ्ने चन्द्र सुर्य म्युजिक ग्रुपको यो पहिलो दशै कोसेलिमा स्वसथानी गुरुङ , अमृत तामाङ , एलएक्स मगर , निलु तामाङ , माया तामा लगायक व्यक्तिहरुको विशेष सहयोग गितमा रहेको छ ।

उक्त गितको म्युजिक भिडियो देवी घर्ती मगरको अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित हेर्नको लागि तलको भिडियोमा क्लीक गर्नुहोस।

images
images

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।

 

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०९:४७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology