Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

साम्राज्ञी अभिनीत ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा

साम्राज्ञी अभिनीत ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा

इच्छाकामना न्युज

१०, श्रावण २०८३
साम्राज्ञी अभिनीत ‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा

काठमाडौं ।सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै सिनेमाको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।

images
यूके बस्दै आएका सञ्जय लामो समयदेखि सिनेमा मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए । यूके बसाइँका क्रममा पनि सिनेमा निर्माणप्रतिको आफ्नो प्यासनलाई निरन्तरता दिँदै आएका राईको यो पहिलो निर्देशन यात्रा हो ।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको सिनेमामा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहने भएकी छन् । उनी सिनेमामा ’आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गर्दै उनको पात्रबारे जानकारी दिएको छ ।

केही समयको अन्तरालपछि नयाँ सिनेमामा जोडिएकी साम्राज्ञीले आफूलाई मनपर्ने क्यारेक्टर नपाएकाले सिनेमामा ग्याप देखिएको बताउँदै यस सिनेमामा भने आफ्नो पात्र मन परेकाले काम गर्न तयार भएको बताइन् । आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै सिनेमालाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन् ।

‘म यो सिनेमा र सिनेमाको टिमसँग जोडिन पाउँदा निकै खुसी छु । मलाई सिनेमाको क्यारेक्टर मन प¥यो, त्यसैले काम गर्न राजी भएकी हुँ’, उनले भनिन्, ‘सुरुमा केही आनाकानी गरिरहेको थिएँ, तर निर्देशकले सिनेमाको क्यारेक्टरबारे बताएपछि मेरो सोच परिवर्तन भयो ।’

उनले निर्देशकले आफ्नो सोचअनुसार नै उक्त पात्रलाई विकास गर्न खोजेको बताइन् । ’उहाँले मेरो भिजनसँग मिल्ने गरी त्यो क्यारेक्टरमार्फत सिनेमा बनाउने सोच्नुभएको रहेछ । मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ । मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ,’ आफ्नो पात्रबारे साम्राज्ञीले भनिन् ।

सिनेमाको ट्यागलाइन ’कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । जित, हार र सफलताको यात्रालाई केन्द्रमा राख्ने भाव बोकेको यो स्लोगनले सिनेमाको कथावस्तुको संकेत गर्छ । डेब्यु निर्देशक सञ्जयले सिनेमा युवापुस्ताको कथामा आधारित रहेको बताए । उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।

सिनेमामा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । यो सिनेमाको छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।

सिनेमा घोषणा कार्यक्रममा सिनेमाकी कार्यकारी निर्माता सुदीप्ताले ’एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताइन् ।

निर्माण पक्षका अनुसार सिनेमाका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको छ । डेब्यु निर्देशक राईका अनुसार यी भूमिकाका लागि अडिसन खुला गरिएको छ । सिनेमामा अन्य कलाकारसहित थप विवरण आगामी दिनमा सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०८३ आइतवार - १४:१५:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology