Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

‘मास्टर्नी’को प्रचार गीत हटाउन महिला शिक्षक समाजको माग

‘मास्टर्नी’को प्रचार गीत हटाउन महिला शिक्षक समाजको माग

इच्छाकामना न्युज

१, श्रावण २०८३
‘मास्टर्नी’को प्रचार गीत हटाउन महिला शिक्षक समाजको माग

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको गीतप्रति महिला शिक्षक समाजले आपत्ति जनाएको छ।

images

समाजका अध्यक्ष डा. जानुका नेपाल र सचिव गीता भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षक तथा समग्र शिक्षक समुदायप्रति अमर्यादित शब्द, ध्वन्यात्मक अभिव्यक्ति र गलत आशय प्रस्तुत गरिएको आरोप लगाएको छ। यसले शिक्षण पेसाको गरिमा, शिक्षकको सम्मान तथा महिला शिक्षकहरूको सामाजिक मर्यादामाथि आघात पुगेको समाजको ठहर छ।

750439298_2038505057055667_768945082420307463_n_vmFXsu8buR.jpg

समाजले सार्वजनिक गरिएको प्रचार सामग्री तत्काल हटाउन, सम्बन्धित गीतको प्रचारप्रसार बन्द गर्न तथा चलचित्रमा समेत उक्त गीत प्रयोग नगर्न निर्माता पक्षसँग आग्रह गरेको छ। साथै समाजले आफ्नो मागको बेवास्ता गर्दै गीतलाई निरन्तरता दिइए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी दिएको छ।

images
प्रकाशित मिति :श्रावण १, २०८३ शुक्रवार - १६:१९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology