Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

गोरखकाली रबर उद्योगमा तामाको तार चोरी गर्दागर्दै आँबुखैरेनीका २ जना रंगेहात पक्राउ

गोरखकाली रबर उद्योगमा तामाको तार चोरी गर्दागर्दै आँबुखैरेनीका २ जना रंगेहात पक्राउ

images

इच्छाकामना न्युज

२२, भाद्र २०८०
गोरखकाली रबर उद्योगमा तामाको तार चोरी गर्दागर्दै आँबुखैरेनीका २ जना रंगेहात पक्राउ
images

गोरखा । गोरखा नगरपालिका  ३  मझुवा देउराली स्थित गोरखकाली रबर उद्योगबाट तामाको तार चोरी  गर्ने दुई जना पक्राउ परेका  छन् ।   जिल्ला प्रहरी कार्यालय गोरखा सुचना अधिकारी प्रहरी निरिक्षक शेखर खड्का अनुसार  तनहुँको आँबुखैरेनी  ३ बस्ने बर्ष २० को राजकुमार मगर र  बर्ष ३३ को ज्ञानेन्द्र विश्वकर्मालाई  पक्राउ परेका हुन् ।  

गोरखकाली रबर उद्योग प्रा.लिको परिसर भित्र प्रवेश गरी स्टोर कोठामा रहेको तामाको तार चोरी गर्दै गरेको अवस्थामा प्रहरी चौकी मझुवादेउराली गोरखाबाट खटि गएको प्रहरी टोलीले  पक्राउ गरिएको सुचना अधिकारी खड्काको भनाई छ । उनिहरुलाई साथबाट  तामाको तार र तार काट्न प्रयोग गरेको फलामको खुर्पा सहित उनिहरु पक्राउ गरेका हुन् ।  

उनिहरुविरुद्ध  चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी  जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई अनुसन्धान कार्य भइरहेको सुचना अधिकारी प्रहरी निरिक्षक खड्काले जानकारी दिनुभयो ।  

 

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०८:२२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology