Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा बागमतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो सम्बोधन ‘आवश्यकता पहिचान गर्न नसक्दा स्थानीय सरकारसँग सहकार्य हुन सकेन’

इच्छाकामनामा बागमतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो सम्बोधन ‘आवश्यकता पहिचान गर्न नसक्दा स्थानीय सरकारसँग सहकार्य हुन सकेन’

images

इच्छाकामना न्युज

२०, भाद्र २०८०
इच्छाकामनामा बागमतीका मुख्यमन्त्री जम्कट्टेलको पहिलो सम्बोधन ‘आवश्यकता पहिचान गर्न नसक्दा स्थानीय सरकारसँग सहकार्य हुन सकेन’
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक औपचारिक कार्यक्रममा आएर भनेजस्तो गरी स्थानीय सरकारसँग सहकार्य गर्न नसकेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । आज चितवनको इच्छाकामना ४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले आवश्यकता के हो भन्ने पहिचान हुन नसक्दा स्थानीय सरकारसँग सहकार्य हुन नसकेको बताएका हुन् ।

मुख्यमन्त्री जम्कटेलले भने– “नयाँ  नितिका साथ स्थानिय सरकार र प्रदेश सरकार विकास र समृद्धिमा संगसगैँ जोडिएर जानुपर्छ भन्ने उदेश्यका साथ केही नितिगत निर्णय छिट्टै गर्दैछौँ, अहिले हाम्रो सहकार्य त्यति राम्रो हुन  सकिरहेको छैन, आवश्यकता के हो भन्ने पहिचान पनि हुन सकेको छैन, त्यसैले आवश्यकता पहिचान गर्ने र एकआपसमा  भएको स्रोत साधनहरुलाई  परिचालन गर्न सहकार्य गर्न आवश्यक छ । ”

प्रदेश र स्थानिय सरकारको सहकार्यका लागि केही नितिहरु बनाउने तयारीमा रहेको  उनको भनाई छ । “अब विकास गर्ने भनेको  प्रदेश र स्थानिय सरकार मिलेर हो, त्यसका  लागि हामीले केही निति बनाउँदैछौँ ड्राफ्ट  गर्दै छौँ, हाम्रो सहकार्यको निम्ति संविधान र स्थानिय सरकार सञ्चालन ऐन र प्रदेश सरकारले बनाएको कानुनहरुको बिचमा तादम्यता हुने गरि विशेषत विकासका  काममा सहकार्य गर्ने गरि निति बनाउँदैँ छौँ ।”

प्रदेशका ११९  वटै पालिका प्रमुखहरुसंग आगामी कात्तिकमा छलफल गर्ने  समय तालिका तया भएको बताए । आगमी बर्षको निति कार्यक्रम तथा बजेट स्थानिय सरकारले गुनासो गर्न  नपर्ने गरि आउने बताउनुभयो ।  साथै  मुख्यमन्त्री जम्कटेलले गृहीणी महिला कार्यक्रम  सुरुवात गर्न लागिएको  बताए ।  उनले भने– “गृहीणी महिला आमा दिदी बहिनीहरुको  जे सीप छ जे क्षमता छ  त्यो सीप र क्षमतालाई संरक्षण गर्ने, उहाँहरुलाई उत्साहित बनाउने  र उहाँहरुले उत्पादन गरेका समाग्रीहरु उचित मूल्यमा संकलन गर्ने तालिम  प्रदान गर्ने लगायतका कार्यक्रम गर्ने गरि गृहीणी महिला कार्यक्रम अघि बढाएका छौँ त्यसका  लागि बजेट विनयोजन गरेका  छौँ कार्यविधि बनउँदै छौँ। ” स्थानिय पालिकाहरुसंग सहकार्य गर्ने गरि उक्त कार्यक्रम अघि बढाउने उनको भनाई छ । 

साथै मुख्मन्त्री जम्कटेलले इच्छाकामनामा अधुरा भएका विकासका कामहरुलाई पपुर्णता दिन आफु लागीपरिरहेको  बताए । उनले विगतमा प्रदेशबाट बजेट परेर काम सुरु भइ अलपत्र परेका आयोजनाका कामहरुलाई पूर्णता  दिइने  प्रतिवद्धता व्यक्त गरे।  साथै उनले मुग्लिनदेखी इच्छाकामना  मन्दिरसम्म जोड्ने सडकको स्तरोन्नतीका लागि यहाँका  स्थानियहरुको माग प्रति आफु गम्भीर रहेको  बताए । यसका  लागि प्रदेश सांसद  कृष्ण सिलवालसंग कुराकानी भइरहेको  बताए ।  

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - २१:१९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology