Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख पक्राउ

जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख पक्राउ

images

रासस

१९, भाद्र २०८०
जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख पक्राउ
images

चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत महिलालाई यौनशोषण गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । पीडितका भाइले किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत चितवनमा आज मिति थप गरी अनुसन्धान अघि बढाइएको छ ।

गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भपतन गराउँदा महिलाको अवस्था गम्भीर भएपछि घटना बाहिर आएको हो । ती महिलाको अहिले भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

स्थानीय क्लिनिकमा गर्भपतनका क्रममा अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको हो । अस्पतालमा क्लिनिककै चिकित्सकले पु¥याएपछि आफन्त नआउँदा सोधखोज गर्ने क्रममा घटनाको वास्तविकता बाहिर आएको हो । नवलपरासीको सुनवल नगरपालिका–१२ निवासी ४४ वर्षीय भण्डारी अधिकृत स्तरका कर्मचारी हुन् । 

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १०:१४:१५ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology