Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

साप्ताहिक पत्रिका सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसम्मत चयन

साप्ताहिक पत्रिका सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसम्मत चयन

images

इच्छाकामना न्युज

१७, भाद्र २०८०
साप्ताहिक पत्रिका सञ्जालको अध्यक्षमा सूर्य बराल सर्वसम्मत चयन
images

चितवन । साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल अध्यक्ष चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले सूर्य बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ’लक्की’ र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।

यस्तैगरी सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने चयन अध्यक्ष बरालले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दैै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केहि कम देखिए पनि यसको महत्व र उपयोगिता महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारीले साप्ताहिक पत्रिकाको संरक्षणमा सबै पक्ष अग्रसर हुनुपर्ने बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारीले साप्ताहिक पत्रिकाको विकास र प्रर्वद्धनमा नयाँ रणनीतिका साथ लाग्नुपर्ने धारण राखिन् ।
निर्वाचित भएसगैँ अध्यक्ष बरालले साप्ताहिकको विकासमा आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । साथै उनले सञ्जालको शाखा देशभरि नै विस्तार गर्ने उद्धघोष गरे । साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । तिमिल्सिनाकै नेतृत्वले २०७८ साल मंसिर ८ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०६:४७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology