Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, १ जनाको मृत्यु

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, १ जनाको मृत्यु

images

इच्छाकामना न्युज

२३, कार्तिक २०८३
सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, १ जनाको मृत्यु
images

दैलेख । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको घटनामा घाइते भएकी बीमा पुनमगरको मृत्यु भएको छ । उक्त वडाका वडाध्यक्ष केहेरसिंह कठायतले चन्द्रबहादुर पुनकी श्रीमती ४५ वर्षीया बीमाको मृत्यु भइसकेको पुष्टि गरेका छन् ।

सोही ठाउँका स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले बिहान सुतिरहेका बेला आएर एक्कासि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

उनका अनुसार, बाँकी ४ जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रबहादुरकी २५ वर्षीया भाइ बुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुनमगर घाइते भएका छन् ।

तिलाको बिहे कालिकोट भएको थियो । उनी माइतीघरमा नाबालक छोरीसहित बसेकी थिइन् । रावलले उनका ४ महिनाका छोरीमाथि पनि हतियार प्रहार गरे ।
 
‘महेसराको दुवै हत्केला छिनेको अवस्था छ,’ घटनास्थलमा पुगेका वडाध्यक्ष कठायतले भने । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा ल्याइएको छ । त्यहाँ सामान्य उपचार भए पनि गम्भीर खालको उपचार हुँदैन ।
 
हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी रहे पनि प्रक्रियागत समस्याले ढिलाइ भएको हाल प्राथमिक स्वास्थ्य केन्द्रमै रहेका सुशील रावतले बताए ।
 
प्रहरीले धारिलो हतियार प्रहार गर्ने रावललाई नियन्त्रणमा लिइसकेको छ । वडाध्यक्ष कठायतका अनुसार, बिहान सुतिरहेका बेला एक्कासि आएर रावलले मगर परिवारलाई हँसिया प्रहार गरेका थिए ।
 
‘खासै झै झगडा पनि थिएन, मिलेरै बसेको समाज हो भन्छन्, यहाँ,’ उनले भने ‘बमबहादुरको मानसिक अवस्था खासै राम्रो नभएको भनिएको छ । त्यो अनुसन्धानबाट खुल्ला ।’

images
प्रकाशित मिति :कार्तिक २३, २०८३ आइतवार - ११:२८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology