Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेसमा महिला हिंसा झनझन् बढ्दो

मधेसमा महिला हिंसा झनझन् बढ्दो

पत्रपत्रिका

९, भाद्र २०८०
मधेसमा महिला हिंसा झनझन् बढ्दो
images

काठमाडौं । कुनै पनि लैंगिक हिंसा पुरुषमा भन्दा महिलामा त बढी पाइएको छ नै, त्यसमा पनि मधेसी समुदायका महिला बढी नै हिंसामा परेको पछिल्लो राष्ट्रिय जनसांख्यिक सर्वेक्षण २०२२ ले औंल्याएको छ।

images
images

सर्वेक्षणअनुसार मधेसी समुदायमा १५ वर्षको उमेरदेखि नै बालिकाहरू हिंसामा पर्ने गरेका छन्। १५ देखि ४९ वर्षभित्रका महिलामा सर्वेक्षण गर्दा यो तथ्यांक निस्किएको हो।

सर्वेक्षणअनुसार उनीहरूलाई बढी हिंसा गर्नेमा आफ्नै पति या जोडी रहेका छन्। सन् २०१६ मा लैंगिक हिंसामा पर्ने महिलाको संख्या ३४.२ प्रतिशत थियो भने सन् २०२२ मा यो संख्या ३६.५ प्रतिशतमा पुगेको छ।

नेपालमा लैंगिक हिंसाविरुद्ध चलेका अभियानको प्रभाव पर्ने हो भने लैंगिक हिंसा घट्नुपर्नेमा उल्टै २ प्रतिशतले बढेको तथ्यांकले औंल्याएको छ। मधेस प्रदेशमा भएका हिंसामध्ये यौनजन्य २७ प्रतिशत, यौनहिंसा ७ प्रतिशत, शारीरिक हिंसा २३ प्रतिशत र मानसिक हिंसा १३ प्रतिशत भएको तथ्यांकले औंल्याएको छ।

लैंगिक विषयमा अनुसन्धान गरिरहेकी विद्यार्थी रन्जु यादव मधेसमा महिलामाथिको हिंसा घट्नुको सट्टा हिंसाले स्वरूप नै परिवर्तन गरेको बताउँछिन्। उनका अनुसार पहिला दाइजोको नाममा हिंसा हुन्थ्यो भने अहिले दाइजो नलिने तर मेहन्दी, हल्दीजस्ता कार्यक्रमको नाममा दाइजोको प्रतिस्थापन हुने गरी खर्च गराउने चलन बढेको छ।

घरेलु हिंसा, यौनहिंसा, डिजिटल हिंसा बढी भइरहेको यादव बताउँछिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - ०९:४५:१६ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology