Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कालिकाको उत्कृष्ट स्वास्थ्य संस्थामा शक्तिखोर स्वास्थ्य चौकी बन्यो

कालिकाको उत्कृष्ट स्वास्थ्य संस्थामा शक्तिखोर स्वास्थ्य चौकी बन्यो

इच्छाकामना न्युज

२४, श्रावण २०८०
कालिकाको उत्कृष्ट स्वास्थ्य संस्थामा शक्तिखोर स्वास्थ्य चौकी बन्यो

चितवन । कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये शक्तिखोर स्वास्थ्य चौकी नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बन्न सफल भएको छ ।

images

आर्थिक वर्ष २०७९ \०८० मा कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापनगर्दा सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा शक्तिखोर स्वास्थ्य चौकी पर्न सफल भएको हो ।

कालिका नगरपालिकाको वडा नं. ७ मा मंगलबार गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्था सम्मान र नगर प्रमुख विपन्न स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा शक्तिखोर स्वास्थ्य चौकीलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई एकएक थान मोबाइल र सिम कार्ड निःशुल्क वितरण गरेको छ । नगरक्षेत्रभित्र रहेका स्वाथ्य स्वय्सेविकाहरुले आवश्यकताका आधारमा छिटो र सहज तरिकाले स्वास्थ्य शाखादेखि सेवाग्राहीसँग सञ्चारगर्न सकोस् भनेर मोबाइल सेटसहित सिम कार्ड बितरण गरिएको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

यस्तै ज्येष्ठ नागरिकको घरघरमा गएर उपचारगर्ने सेवालाई प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वितरण गरिएको छ । नगरक्षेत्रभित्र रहेका प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखलाई उपचार गर्न आवश्यक सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले गतवर्षदेखि नगरक्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुको घरघरमै पुगेर स्वास्थ्य उपचार गर्दै आएको छ । यसलाई निरन्तरता दिन र दिइने सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री सम्बन्धित वडाका स्वास्थ्य शाखाका लागि बितरण गरिएको हो । कालिका नगररक्षेत्र भित्र ११ वटा स्वास्थ्य शाखाहरु छन् ।

नगरक्षेत्रभित्रका सबै स्वास्थ्य शाखा प्रमुख र महिला स्वास्थ्य स्वय्मसेविकाहरुको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख बिपन्न स्वास्थ्य बिमा कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख बिमला तमाङ र नगरका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - २२:५७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology