Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा अवैध लागुऔषध सहित ३ जना पक्राउ

चितवनमा अवैध लागुऔषध सहित ३ जना पक्राउ

इच्छाकामना न्युज

२१, श्रावण २०८०
चितवनमा  अवैध लागुऔषध सहित ३ जना पक्राउ

चितवन । चितवन प्रहरीले खैरो हिरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नं. १८ बाट उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो ।

images

प्रहरीले भरतपुर–१८ भुवनवस्तीका बुद्धिबहादुर राना, २६ वर्षीय प्रकाश मगर र २९ को प्रकाश वस्ताकोटीलाई नियन्त्रणमा लिएको छ । अभियुक्तहरुले निजहरूले स्टिलको प्लेटमाथि गाँजा जस्तो पदार्थ राखी चुरोटको खिल्लीमा भर्दै गरेको अवस्थामा फेला पारी निजहरूलाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले सोही स्थानमा खानतलासी गर्दा लागुऔषध खैरोहिरोइन जस्तो देखिने पदार्थ एक ग्राम ५०० मिली ग्राम र गाँजा जस्तो देखिने पदार्थ २२ ग्राम फेला परेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - २१:४३:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology