Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँमा भरुवा बन्दुकले गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँमा भरुवा बन्दुकले गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

इच्छाकामना न्युज

१७, श्रावण २०८०
तनहुँमा भरुवा बन्दुकले गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या
images

तनहुँ । तनहुँमा १ व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन्।  जिल्ला प्रहरी कार्यालय तनुहँका अनुसार तनहुँको ब्यास नगरपालिका–५ मानुङका ५६ वर्षीया श्रीप्रसाद आलेले भरुवा बन्दुकबाट गोली श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्। 

images
images

श्रीप्रसादले मंगलबार राति करिब ११ बजेतिर श्रीमती गीतामाथि भरुवा वन्दुकबाट गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएकी गीतालाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि दमौली अस्पताल पुर्‍याइएको थियो। 

गीताको उपचारका क्रममा मंगलबार राति नै दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । 

श्रीमतीमाथि गोली प्रहार गर्ने श्रीप्रसादलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका श्रीप्रसादले घरायसी विवादका कारण झगडा हुँदा आवेशमा आएर गोली चलाएको बयान दिएको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - २२:३१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology