Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

स्याङ्गजाको भिरकोटमा आफ्नै छोरीमाथि बुवाले गरे खुकुरी प्रहार

स्याङ्गजाको भिरकोटमा आफ्नै छोरीमाथि बुवाले गरे खुकुरी प्रहार

images

इच्छाकामना न्युज

१, श्रावण २०८०
स्याङ्गजाको भिरकोटमा आफ्नै छोरीमाथि बुवाले गरे खुकुरी प्रहार
images

स्याङ्जा । भिरकोट नगरपालिका–७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।

स्थानीय ४० वर्षीय बुबा यम बहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङ माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात् गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यम बहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताए ।

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - ०९:५४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology