पोखरा । भानु जयन्तीको दिन गण्डकी सरकारले सार्वजनिक बिदा दिएको छ । मंगलबार एक सूचना जारी गर असार २९ गते पर्ने भानु जयन्तीमा बिदा हुने जनाएको हो ।
सार्वजनिक बिदाको प्रदेश राजपत्रमा नै प्रकाशन भैसकेको छ । प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा बिदा हुने मुख्यमन्त्री कार्यालयका उपसचिव सुरण प्रसाद शर्माले बताए ।