Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको राप्तीमा मकालु बस ट्रक ठोक्किदा १ को मृत्यु २ घाईते

चितवनको राप्तीमा मकालु बस ट्रक ठोक्किदा १ को मृत्यु २ घाईते

चितवनको राप्तीमा मकालु बस ट्रक ठोक्किदा १ को मृत्यु २ घाईते
images

चितवन, ७ माघ । राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

images
images

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक एकापसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०९:००:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology