Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्नुपर्दछ : म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्नुपर्दछ : म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

बि.बि. श्रेष्ठ

७, जेठ २०८०
धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्नुपर्दछ : म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
images

तनहुँ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानिय क्षेत्रमा भएको धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण तथा संरक्षणमा जोड दिनुपर्ने वताउनुभयो । देशमा आर्थिक उपार्जनको वलियो आधार नै धार्मिक तथा पर्यटनको क्षेत्र भएको हुदाँ त्यसलाई सम्र्वद्दन तथा प्रर्वधनका लागी स्थानिय समुदाय नै लाग्नुपर्ने अध्यक्ष श्रेष्ठले वताउनुभयो । दभुङ चण्डीदेवी संरक्षण समितीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा वताउनुभएको हो । 

images
images

स्थानिय क्षेत्रमा पुरातात्विक महत्व वोकेको स्थलहरु असंख्य छन् तर त्यसको उचित प्रर्वधन हुन सकेको छैन । भएका महत्व वोकेको स्थललाई संरक्षण गर्दे थप विकास गर्ने हो भने स्थानिय पर्यटन मात्र होईन वाह्य पर्यटन पनि आर्कषित गर्न सकिन्छ । जसले गर्दा विकास र समृद्धिमा टेवा पुग्दछ । जहाँ आवात जावत वढि हुन्छ, स्वतः विकास हुने हुदाँ धार्मिक स्थलको महत्व वुझनुपर्ने वहाँले वताए ।  

यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले म्याग्दे गाँउपालिका भित्र असंख्य मात्रामा धार्मिक तथा पर्यटीय स्थल रहेको भएता पनि त्यसलाई चिन्न नसकेको वताए । सधै हामीहरु आफैमा विवाद सिर्जना गर्न उद्यत छौ, तर सम्भावनालाई परिणाममुखी वनाउन सक्दैनौ । कम्तीमा पनि आफनो पालिका भित्रको सवै मठमन्दिर पुगियो भने पनि त्यसले धेरै आशा जगाउँदछ । जसले गर्दा हामीमा ईच्छाशक्ति वढाउँछ । आफुमा भएको सुन्दरता देख्न नसक्ने तर नक्कली देखासिकीले प्रभाव पारेको हुदाँ स्थानिय क्षेत्रमा भएको मठ मन्दिरको पर्वधनमा जोड दिनुपर्ने उपाध्यक्ष घिमिरेले वताउनुभयो । देशमा अझै काम गर्ने जनशक्ति रहेको तर अवको केही समय पछि त्यो जनशक्ति नभएको हुदाँ समयमा नै कर्ममा ध्यान दिनुपर्ने घिमिरेले वताउनुभयो । 

संरक्षण समितीका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य वद्रिका घिमिरे, जानुका थापा, वडाध्यक्ष मणिभद्र वाग्ले, शिववहादुर रानाभाट, दीपक श्रेष्ठ, वडासदस्यहरु रमेश घिमिरे लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमका प्रकाश विष्णुकुमार पारेका थिए भने कार्यक्रम संचालन समितीका सचिव सन्तकुमार श्रेष्ठले गरेका थिए । 

images
प्रकाशित मिति :जेठ ७, २०८० आइतवार - २२:१७:४२ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology