Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनमा बन्दका कारण मुग्लिनमै रोकिए लामो दुरीका गाडीहरु

चितवनमा बन्दका कारण मुग्लिनमै रोकिए लामो दुरीका गाडीहरु

images

इच्छाकामना न्युज

२३, बैशाख २०८०
चितवनमा बन्दका कारण मुग्लिनमै रोकिए लामो दुरीका गाडीहरु
images

मुग्लिन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् । छोटो दुरीका गाडी पनि सहज रुपमा चल्न सकेका छैनन् । बन्दका कारण मुग्लिन बजारमा काठमाण्डौ पोखराबाट छुटेका लामोदुरीका गाडीहरु रोकिएका छन् भने बन्दकर्ताले कर्ताले मुग्लिन, पुल्चोक र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

मोटरसाइकलमा हिँडेका बन्दकर्ताले जिल्लाको विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले बताए । ‘लामो दुरीका गाडीहरु ठाउँ–ठाउँमा रोकिएका छन् । बन्दकर्ताहरु एकै ठाउँमा बसेका छैनन्’, उनले भने, ‘मुग्लिनमा गाडीको लामो लाइन लागेको छ ।’

दिउँसो १० बजेसम्म बन्दकर्ताले कुनै गाडीमा तोडफोड भने नगरेको उनले बताए । उनका अनुसार बन्दकर्ता पनि पक्राउ परेका छैनन् । व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै संघर्ष समितिले आज चितवन बन्दको आह्वान गरेको हो ।

images
प्रकाशित मिति :बैशाख २३, २०८० शनिवार - ११:२२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology