Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बेनिघाट रोराङ गाउँपालिकाद्वारा व्यवसाय प्रवद्र्धन तथा उद्यमशिलता विकासका लागि सहुलियत कर्जा सम्बन्धी सम्झौता

बेनिघाट रोराङ गाउँपालिकाद्वारा व्यवसाय प्रवद्र्धन तथा उद्यमशिलता विकासका लागि सहुलियत कर्जा सम्बन्धी सम्झौता

images
बेनिघाट रोराङ गाउँपालिकाद्वारा व्यवसाय प्रवद्र्धन तथा उद्यमशिलता विकासका लागि सहुलियत कर्जा सम्बन्धी सम्झौता
images

धादिङ,५ माघ । बेनीघाट रोराङ गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ, मेगा क्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड बीच कृषि तथा पशुपन्छी जन्य व्यवसाय प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि सम्झौता भएको छ । नेपाल राष्ट्रबैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याजअनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, संशोधित २०७७ अन्तर्गत योग्यता पुगेका गाउँपालिका क्षेत्र भित्र रहेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले आज चौपक्षीय सम्झौता भएको हो ।

यो सम्झौतावाट कर्जाको पहुँचवाट टाढा रहेका अति विपन्न साना उद्यमी, व्यवसायीहरुले भरपुर फाइदा लिनेछन भन्ने आशा गरिएको छ। यस कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अधिकृत कर्मचारीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा मेगाक्यापिटल मार्केट्स लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेडका प्रमुखहरुको समेत उपस्थितिमा सम्झौता भएको हो ।

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १८:४९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology