Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

दलहरु सक्किने कि सच्चिने ?

दलहरु सक्किने कि सच्चिने ?

देवराज गुरुङ

१२, बैशाख २०८०
दलहरु सक्किने कि सच्चिने ?

देवराज गुरुङ

images

वैशाख १० मा देशको ३ वटा क्षेत्रमा उपनिर्वाचन सम्पन्न भयो । मतगणना चलिरहदा देशको पुराना पार्टीहरुमा भन्दा नयाँ पार्टीको पक्षमा जनमत देखियो । यसले मुख्यतय आफूलाई ठूला र पुराना भनिएका राजनीतिक दलहरुलाई २ वटा विकल्प दिएको छ । सक्किने कि सुध्रिने ?यसका पछाडी थुप्रै कारणहरु छन् । जस्तो, दलहरुमा सैद्धान्तिक वहस र कार्यान्वनको पाटो फितलो हुनु, सत्ता केन्द्रित राजनीति, जनताको अपेक्षा र राजनीतिदलको काम गराईको ढर्रा नमिल्नु, सत्ता भित्र मौलाएको नातावाद, सत्ताको लागि गरिएको गठबन्धन, परिणाम नदिने तर सत्तामा पुनरावृत्ति हुने राजनीति संस्कार, व्यत्तिवाद आदी । 

सबैको विकल्प घण्टी (रास्वपा) हो त ?
हामीले बुझ्नु पर्छ । कुनै पनि राजनीतिक दल दिगो हुनु र नेतृत्व गर्ने कुरा पार्टीले लिएको राजनीतिक दर्शनले निर्धारण गर्नेछ । वैचारिक दृष्टिकोणबाट हेर्दा, रास्वपासँग अहिलेसम्म खास दर्शन देखिदैन । सम्भवत पार्टीको निकट भविष्यमा गर्ने महाधिवेसनले निर्धारण गर्लान् । दर्शन विनाको पार्टी हुदैन । मुख्यत हो दल अहिले एक दिने कुखुराको चल्ला जस्तो छ । मतलब भाले, पोथी छुट्याउन सक्ने अवस्थामा छैन । भाले, पोथी छुट्टिन महाधिवेसन नै कुनुपर्ने हुन्छ । मुख्यत रास्वपाले अहिले २ वटा कारणले मत आर्कषण गरिरहेको छ । पहिलो, दलहरु प्रति जनताको तिब्र आक्रोस र वितृष्णा, दोस्रो लोकप्रियता । सैद्धान्तिक रुपमा संस्थागत गर्न सकिएन भने दुवै पक्ष राजनीतिमा क्षणिक हुन्छ । हालको मतलाई नयाँ पार्टी र नेतृत्वले कसरी ग्रहण गर्छ भन्ने कुरा प्रधान रहन्छ । त्यसको लागि राजनीति पार्टीले आफूलाई सिद्धान्तसँग जोड्नु पर्छ । सिद्धान्तको वहस गर्ने थलो महाधिवेसन हो । अब रास्वपाले महाधिवेसन मार्फत कस्तो किसिमको वैचारिक पक्ष समाउछ भन्ने कुराले यो दलको भविष्य निर्धारण गर्ने छ । अहिले रास्वपामा सबै विचारका मान्छेहरु केन्द्रित छ । ती सबैलाई सम्मान गर्ने विचार पार्टीले निर्माण गर्न सक्छ कि सक्दैन भन्ने कुराले पार्टीको भविष्यको गति निर्धारण गर्छ । 

लोकतान्त्रिक पद्धतिमा जनमतलाई सम्मान गर्ने कुरा स्वभाविक रहन्छ । जनमतले नयाँ र वैकल्पिक राजनीतिक शक्ति खोजेको कुरा प्रष्टै देख्न सकिन्छ । तर हालैको मतलाई आधार मानेर, रास्वपालाई वैकल्पिक शक्ति हो भन्न चाहि हतार गर्ने समय भएको छैन । मुख्यत पार्टीले अङ्गाल्ने राजनीतिक सिद्धान्त, विचार र कार्यदिशाले मात्र त्यसको निर्धारण गर्नेछ । त्यसको लागि महाधिवेसन र केहि समय कुर्नुको विकल्प छैन । वैकलिपक शक्ति हुनको लागि कम्तिमा ३० वर्ष सम्म मुलुकलाई हाक्न सक्ने प्रष्ट दृष्टिकोण रहन जरुरी छ । त्यो हाल नेपालमा रहेको कुनै पनि पार्टीहरुमा देखिदैन । 

दलहरु प्रतिको वितृष्णाका कारण राजनीतिमा समय–समयमा आउने लोेकप्रियतावादले राजनीति र देशलाई अस्थिरता थप्ने काम गर्दछ । उदाहरणको लागि गत स्थानीय निर्वाचनमा लौरौ, सङ्घ र प्रदेश निर्वाचनमा घण्टीको भाष्य लोकप्रियतावादको उदाहरणहरु हुन् । अब आउने चुनावमा त्यस्तै अर्काे कुनै लहर नआउला भन्न सकिदैन । दलहरु नसच्चिने र नयाँदलले आफूलाई सैद्धान्तिक रुप धारण गर्न नसक्ने हो भने देशको राजनीति फेरी उही खहरेको भेल जस्तै हुने र समय–समयमा आइरहने लोकप्रियतावादको भाष्यले देशलाई अस्थिरता र प्रयोगशााला बनाउने बाहेक अरु विकल्प हुदैन । त्यसैले राजनीतिक दलहरुसँग एउटै विकल्प छ, सक्किने कि सच्चिने ?

images
प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - ०७:३६:४५ बजे

देवराज गुरुङ

लेखक देवराज गुरुङ राजनितिक विश्लेषक हुन् भने इच्छाकामना न्युजका सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology