कञ्चनपुर। कञ्चनपुरको दोधारा–चाँदनीमा पाटेबाघ मृत फेला परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार दोधारा–चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा आज पाटेबाघ मृत भेटिएको हो ।
“जङ्गलभित्र पाटेबाघ मृत भेटिएकोे छ, निकुञ्ज कार्यालयबाट चिकित्सकसहितको टोली घटनास्थलमा गएको छ”, उहाँले भन्नुभयो, “घटनास्थलको मुचुल्का र पाटेबाघको स्वास्थ्य परीक्षणको रिर्पोटपछि मृत्युको कारण खुल्छ ।” जङ्गलभित्र पाटेबाघ मृत फेला पारेपछि स्थानीयले निकुञ्ज प्रशासनलाई खबर गरेका थिए ।
प्रकाशित मिति :मंसिर २, २०८३ मंगलवार -
१७:११:३६ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।