Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सिक्किम हिमपहिरोमा परि भ्रमण गएका चितवन कालिकाका २ जनाको मृत्यु

सिक्किम हिमपहिरोमा परि भ्रमण गएका चितवन कालिकाका २ जनाको मृत्यु

इच्छाकामना न्युज

२२, चैत्र २०७९
सिक्किम हिमपहिरोमा परि भ्रमण गएका चितवन कालिकाका २ जनाको मृत्यु

चितवन । पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ ।

images

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले भ्रमण गएका दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिए । हिँउमा फसेका नागरिकको उद्धार, मृतकको शव व्यवस्थापन र घाइतेको उपचारको लागि इलामका सिडिओ श्रवणकुमार पोखरेलसँग सहयोग मागेको उनले बताए । भ्रमण गएकाहरुसँग मेसेन्जरमार्फत कुरा भइरहेको उनले बताए ।

मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छ् । उनीहरु दुबै कालिका–६ खोलेसिमलका हुन् । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत थिए । सो हिमपहिरोमा परि सो सस्थाका करिब १ दर्जन सदस्य घाइते भएका छन् भने ३ जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ ।

सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा सो सहकारीका रमेश खनाल, ज्योति गुरुङ र गीता सापकोटा रहेका छन । पहिरोले सहकारीका २ जना सहित ७ जनाको मृत्यु भएको र घाइते १३ जना मध्ये ६ जना अस्पताल मै उपचाररत रहेको डिस्टिक्ट कलेक्टर, सिक्किमले बिज्ञप्तीमा जनाएको छ । सो सहकारीबाट २ वटा बसमा करिब ७० जना भ्रमण गएको बताईएको छ ।

339473972_877462493316431_8505799035101409922_n.jpg

images
प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - ०९:१६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology