आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा सोमबार पहिलो पटक ६६ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । आँबुखैरेनी सहकारी समन्वय समितिले एक अन्तरकृया कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाएको हो ।
आँबुखैरेनी सहकारी समन्वय समितिका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमा देखिएको देशव्यापी समस्याबाट जोगिन सुरक्षित तरिकाले नियम अनुसार ऋण प्रवाह गर्नु पर्ने र ऋण असुलीमा विशेष ध्यान दिन जरुरी रहेको बताएका छ्न ।