Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ म्याग्देमा १० हजार सापटी फिर्ता नदिएको निहुँमा हत्या गरेर खानेपानी ट्याङ्कीमा फालियो

तनहुँ म्याग्देमा १० हजार सापटी फिर्ता नदिएको निहुँमा हत्या गरेर खानेपानी ट्याङ्कीमा फालियो

इच्छाकामना न्युज

१६, चैत्र २०७९
तनहुँ म्याग्देमा १० हजार सापटी फिर्ता नदिएको निहुँमा हत्या गरेर खानेपानी ट्याङ्कीमा फालियो
images

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पपिलटार खानेपानीको ट्यांकीमा गत आइतबार एक महिलाको शव भेटियो । २र३ दिनदेखि पानीमा गन्ध आयो भन्दै उपभोक्ताले गुनासो गरेपछि समितिले ट्यांकीको ढक्कन खोलेर हेर्दा पानीमा शव तैरिरहेको अवस्थामा थियो ।

images
images

उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयलाई तत्काल खबर गरी सडेगलेको अवस्थामा शव निकालियो । गरगहना र पैसा लुटपाट गरी हत्या गरेको शंका गरी प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको तनहुँका प्रहरी उपरीक्षक अवशेष विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकामा पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । महिलाको प्यान्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको मोबाइल नम्बर लेखिएको चिटको आधारमा शवको सनाखत गरिएको र त्यही आधारमा अनुसन्धान गर्दा शंकास्पद युवक पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्टले बताए ।

उनले भने, ‘पोखरा महानगरपालिका–३३ बस्ने २० वर्षीय छोरा मनिष श्रेष्ठबाट मृतकको सनाखत गरिएको हो ।’ मृतक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ४ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित डेरा गरी बस्दै आएकी ४४ वर्षीया शान्ति श्रेष्ठ भएको उनले बताए ।

‘छोरा मनिषले गत फागुन २१ गते अमरसिंह चोकबाट आमा हराएको भनी जिल्ला प्रहरी कार्यालय कास्कीमा हुलियासहितको निवेदन दिएका रहेछन्,’ प्रहरी उपरीक्षक विष्टले भने, ‘पानी ट्यांकीमा भेटिएको शव पहिचान भएपछि घटना कर्तव्य भएको भनेर हामीले प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएका थियौं ।’

त्यस्तै, शान्तिको हत्या आरोपमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका ५ स्थायी घर भई हाल पोखरा–७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र नामले चिनिने प्रकाश सुनारलाई बुधबार दिउँसो तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक विष्टले भने, ‘अनुसन्धानको क्रममा मृतक शान्तिका श्रीमान् ३ वर्षअघि नै बितेको थाहा भयो । विगत २ वर्षदेखि मृतक शान्ति र प्रकाशको चिनजान रहेछ । उनीहरूबीच पैसा लेनदेनसमेत हुने गरेको खुलेको छ । पछिल्लो पटक प्रकाशले मृतक शान्तिलाई १० हजार रुपैयाँ सापटी दिएको र सोही पैसा पटक–पटक माग्दा पनि फिर्ता नपाएकाले उनले शान्तिलाई कर्तव्य गरी पानीको ट्यांकीमा फ्यालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - २१:४७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology