Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा भोलि डेढ दर्जन जनवादी कलाकारहरुले सांगीतिक प्रस्तुती दिने

चितवनमा भोलि डेढ दर्जन जनवादी कलाकारहरुले सांगीतिक प्रस्तुती दिने

इच्छाकामना न्युज

१५, चैत्र २०७९
चितवनमा भोलि डेढ दर्जन जनवादी कलाकारहरुले सांगीतिक प्रस्तुती दिने
images

चितवन । चितवनमा डेढ दर्जन जनवादी कलाकारहरुले जनसांगीतिक प्रस्तुती दिने भएका छन् । राष्ट्रिय एकताको सन्देश दिनका लागि भोलि (बिहीबार) बिपी कोइराला क्यान्सर अस्पतालको सभाहलमा जनसांगीतिक प्रस्तुती दिन लागेका हुन् । राष्ट्रको लागि संगीत अभियान दिएर जनवादी कलाकारहरुले धनगढीबाट चैत्र ४ गते सुरु गरेका थिए।

images
images

भोलि दिउँसो २ बजे सुरु हुने जनसांस्कृतिक कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी, कर्ण विद्रोही, नीलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्षमण पाख्रिन, निशा बुढामगर, अनु शर्मा, लक्ष्मी केसी र कुवेर सीको प्रस्तुती रहेछ। नेताहरुलाई जनताको दिशा तिर लैजानको लागि सांगीतिक अभियान सञ्चालन गरिएको जनवादी गायक जीवन शर्माले जानकारी दिए । यो अभियान आफ्नो स्वार्थको लागि नभई राष्ट्रका लागि हिँडेको उहाँले जानकारी दिए।

जनवादी गायक मणी थापाले समाजमा अस्थिरता तर्फ गएको बताउँदै त्यसलाई बचाउन अभियान थालिएको बताए । वामपन्थीको संख्या बढी रहेपनि नेतामा व्यक्तिगत महत्वकान्छी बढेको बढेको छ । त्यसलाई चिर्नका लागि संस्कृति अभियान सञ्चालन गरिएको उनले बताए । जनवादी गीत मार्फत देशमा आमूल परिवर्तन भएपनि कलाकारहरुले नेताबाट त्यो सम्मान पाउन नसकेको गुनासो गरे । भोलि हुने कार्यकममा निशुल्क प्रवेशको व्यवस्था रहेको छ ।

अभियान २०७९ चैत्र ४ गते धनगढी बाट सुरु भएको थियो । चैत्र १४ गते सम्म आइपुग्दा अभियान टोलिले कैलालिको धनगढी , सुर्खेतको बिरेन्द्रनगर , दाङ्को घोराही र राप्ती गाउँ पालिका कार्यालय र रुपन्देहीको बुटवलमा कार्यक्रम सम्पन्न गरिसकेको छ । ती सबै स्थानका कार्यक्रमहरु निकै भब्य र सानदार रुपमा सम्पन्न भएका थिए ।

सङ्गीत अभियात्राको अभियान टोलिले भरतपुरपछि चैत १८ गते रोयल पार्टी प्यालेस हेटौंडा, चैत २० गते दिपक पार्टी प्यालेस बर्दीबास महोत्तरी , चैत २२ गते सैनिक भवन धरान सुनसरी , चैत २५ गते साइ पार्टी प्यालेस सिटिसेन्टर बिर्तामोड झापा र चैत २८ गते उद्योग बाणिज्य संघको सभाहल पोखरा कास्कीमा कार्यक्रम गर्नेछ । अभियानको अन्तिम कार्यक्रम टोलिले देशमा कृयासिल वाम पार्टीहरुका शिर्ष नेताहरुको उपस्थितिकाबीच बैशाख ५ गते प्रज्ञा भवन कमलादी काठमाडौमा गर्ने जनवादी गायक चिरण सिले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - १९:४५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology