Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रोक्न नसकेको पल

रोक्न नसकेको पल

बि.बि. श्रेष्ठ

२, माघ २०७७
रोक्न नसकेको पल
images

परिधिको सीमा होला कि नहोला, त्यसको वहस जति जरुरी छ, पलको वहस त्यति नै जरुरी । चाहेर पनि रोक्न नसकिने पल भित्रको अन्तरकथाले घोच्ने व्यथाको महत्व धेरै नै रहेछ । समय फरक प्राप्ति समान, तर त्यसको गाम्भिर्यता कति ? परिणाम र परिमाण भित्रको मात्राले पल को महत्वलाई कति न्याय देला ? हिजोको पलमा प्राप्तित्व र आजको पलमा प्राप्त गरेको वस्तुको महत्व समान होला कि नहोला ? प्राप्त गरेको वस्तुको उपयोगले त्यस प्राप्त गरेको पलको महत्वको उजागर होला कि नहोला ? गति र कम्पनको यो निरन्तरतामा आशातित वस्तुको उपलव्धतामा जीवितताको चेतनाले खेल्ने भुमिका निश्चिय पनि सोचनिय नै होला । 
अग्रगति र समगतिको मापन गर्ने यन्त्र नै चेतनाको उच्चतम रुप हो । गतिशिलताको यात्रामा कोही र कुनै पनि वस्तुमा समानता खोज्नु भनेको मुर्खता शिवाय अन्य होईन, निरन्तरतमा वाच्ने नियतीमा फसेको कालखण्ड त्यसभन्दा पृथक हुन सक्दैन । ईच्छा र आंकाक्षाको विशाल समुन्द्रको वीचवाट तैरन खोज्नु भनेको सोचमा आएको उच्छुखलता मात्र हो । जव ईच्छा र चाहनाको सोचमा कमि हुन थाल्दछ, यान्त्रिक, वातावरणीय र सोचमा देखिएको स्वखलन हो । जुन अपरिहार्य वनेर देखिन्छ । सधै देखिएको निर्जिव वस्तुमा समेत परिवर्तनका अपव्यय लुकेको हुन्छ, भलै त्यसको हामीले कुनै पनि महशुश गर्न सक्दैनौ, यद्यापी समयको यो पल सँगै त्यसले दिने उपादेयता, त्यसको वनावटमा भिन्नता पाउन सकिन्छ । त्यो नै रोक्न नसकेको पल हो । जसमा हामी सवै आवद्ध छौ । वस्तुको प्रभावलाई एकतर्फी प्रभाव र असरमात्र हुन्छ भन्ने सोच्नेहरुका लागी निर्जिव वस्तुको उपादेयता समान लाग्न सक्दछ, तर यसको यहि दृष्टिकोणलाई मात्र मान्न सकिदैन । फरक यहि पाउन सकिन्छ । वस्तुको दुवै पक्षको यो विशेषता नै अटल र अविचलित रहेको छ । जसको भुमिका एकअर्का विना अपुरो र अधुरो रहेको हुन्छ । 

images
images

"नयनले देखिने वस्तुमा समानता भनेकोे साधन हो, साध्य होईन, साध्य प्राप्त गर्नका लागी नयनको दृष्टि सँगसँगै चेतनामा निहित क्षमताको पनि आवश्यकता पर्दछ । चेतना विहिनताको दृष्टि भनेको सतही हो, जुन आमरुपमा समान लाग्दछ । चेतना निहित क्षमता सहितको दृष्टि भनेको साध्य हो, जसले वस्तुमा असमानता र गतिशिलता देख्दछ । देख्दा समान्य देखिएता पनि यसको सारमा आकाश जमिनको भिन्नता रहेको हुन्छ । "

नदिका छालको वरिपरि रहेर नदिलाई वाटो देखाउने पहाड र भागहरुलाई लाग्दो होला, यो सधै हामी निहित रहेको छ । यसको आवश्यकता भनेको हामी हो तर नदिको त्यो छालमा वग्ने कणहरु कहिल्यै एकाकार हुदैन, फरक फरक कणले त्यो भुमिको उपयोग गरिरहेको हुन्छ, फरक समयमा, फरक गतिमा र हरेक फरकपनमा । सोच्ने शैलीको विकास नहुदाँ देखिने एकनाश भनेको दृष्टिदोष मात्र रहेछ, जुन दृष्टिदोषमा समाज र विश्व नै चलायमान रहेको छ । उपयोगको यो नितिमा सजिवले निर्जिवतामा शासन गरेको लागेता पनि त्यो भुल मात्र हो, उपयोग गर्ने र गरिनेको निति हरेकतामा समान रहेको हुन्छ । भौतिक उपलव्धतालाई नै जीवन सोच्नेहरुका लागी यो मिथ्या हुन सक्ला तर यथार्थमा त्यो छुप्न सक्दैन, त्यहि लुक्न र छुप्न नसकेको पल नै रोक्न नसकेको पल हो । नयनले देखिने वस्तुमा समानता भनेको त्यसको साधन हो, साध्य होईन, साध्य प्राप्त गर्नका लागी नयनको दृष्टि सँगसँगै चेतनामा निहित क्षमताको पनि आवश्यकता पर्दछ । चेतना विहिनताको दृष्टि भनेको सतही हो, जुन आमरुपमा समान लाग्दछ । चेतना निहित क्षमता सहितको दृष्टि भनेको साध्य हो, जसले वस्तुमा असमानता र गतिशिलता देख्दछ । देख्दा समान्य देखिएता पनि यसको सारमा आकाश जमिनको भिन्नता पाउन सकिन्छ । जसको परिभाषा व्यक्तिको स्तरसँगै अलग अलग पाउन सकिन्छ । 
वाँच्नका लागी वाँच्नेहरुका लागी यो सवै मिथ्या हुन् । पृथकता खोज्नेहरु यो धर्तिमा आत्मिक सन्तुष्ठि प्राप्त गर्न सक्दैनन । त्यहि सन्तुष्टि प्राप्त गर्न नसक्नेहरुको सोचमा देखिएको विविधता नै धार्मिकतामा लिन हुन्छ, त्यो शान्ति होस वा युद्ध । धर्ममा नाममा एकाकार हुन सकिन्छ भन्नेहरुको भीड अराजक भएता पनि यो केहि शितल पनि रहेको हुन्छ । एकाग्रता भित्रको जीवनले अर्थ खोज्नका लागी सहयोग गरेता पनि यसले ठोस परिणाम भने दिन सक्दैन । यसैको पर्यायले जीवन आहुतिदिनेहरुको कुनै कमि छैन, तर जव सोच एकाकार वन्दछ, लाग्दछ  निकासको सम्भावना छैन, सोच शिथिल वन्दछ, चारैतिर निरर्थक देखिन्छ, सम्भावनाको ढोका वन्द भएझै लाग्दछ र भगवानको शरणमा लिन हुन कोशिश गर्दछ, यसलाई नै दैवको लीला भनिन्छ । 
यथार्थताको कसिमा उभिने खोज्नेहरुको भीड धेरै हुदैन । किनकि यो सहज छैन । सहजतामा जीउन खोज्नेहरु साध्य र साधनको वीचको दुरी मापन गर्ने ल्याकत राख्दैन । सहजतामा रम्नेहरु यथार्थको कसिमा उभिने हिम्मत राख्दैनन । यहि वीचको कर्म नै नरोकिएको पल हो । जुन पलमा हामी घिस्रिरहेका छौ । 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - २०:३८:०३ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology