Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशी प्रदेश बिरुद्धको आन्दोलनमा सशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुको मृत्यु

कोशी प्रदेश बिरुद्धको आन्दोलनमा सशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुको मृत्यु

इच्छाकामना न्युज

१०, चैत्र २०७९
कोशी प्रदेश बिरुद्धको आन्दोलनमा सशस्त्र प्रहरीको कुटाइबाट घाइते लिम्बुको मृत्यु
images

धरान । कोशी प्रदेश बिरुद्धको आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ। 

images
images

गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो। 

आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले बताए। उनी आन्दोलनमा सशस्त्र प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका थिए। 

उनले लाजेहाङ्को मृत्युले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए। प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातिय सस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन्। 

मोरङको लालभित्ती घर भएका उनी धरान-१५ मा बस्दै आएका थिए।

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०८:१२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology