चितवन । बिल बिजकभन्दा बढी समान बोकेर ल्याएको भन्दै चितवन प्रहरीले पूर्वबाट आएको एउटा कन्टेनरलाई नियन्त्रणमा लिएको छ। पूर्वबाट चितवनतर्फ आउँदै गरेको ना ५ ख ३८४७ नम्बरको कन्टेनरलाई मंगलबार बिहान भरतपुर-१० स्थित मालपोतचोकबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कन्टेनरमा बिल बिजकभन्दा बढी समान रहेको खुल्न आएकाले आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले जानकारी दिए।