Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गाउँमै दाँतको उपचार पाउदा बन्दीपुर धरमपानीका स्थानीय उत्साहित 

गाउँमै दाँतको उपचार पाउदा बन्दीपुर धरमपानीका स्थानीय उत्साहित 

इच्छाकामना न्युज

४, चैत्र २०७९
गाउँमै दाँतको उपचार पाउदा बन्दीपुर धरमपानीका स्थानीय उत्साहित 
images

बन्दीपुर । बन्दीपुरको धरमपानीमा निःशुल्क दन्त शिविर सकिएको छ । बन्दिपुर गाउँपालिका वडा नं. ६ को धरमपानी स्वास्थ्य चौकीम निःशुल्क दन्त शिविर आयोजना गरिएको थियो ।

images
images

 दन्त शिविरमा करिव १ सय २५ जनाले सेवा लिएको बन्दिपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङ बताउँछन् । वडा नं ६ को आयोजना र ढोरबाराही डेन्टल केयर सेन्टर दमौलीको सहयोगमा शिविर चलेको हो । गाउँमा निःशुल्क दन्त शिविर चल्दा स्थानीय निकै उत्साहित थिए।

333192367_580887100758129_2234354242800823600_n.jpg

वडाध्यक्ष गुरुङका अनुसार आर्थिक अभावका कारण दाँतको रोग पालेर बसेकाहरुको उपचार गर्न पाउँदा चिकित्सक टोली पनि खुसी भएका थिए। निःशुल्क उपचार सेवा पाउँदा स्थानीय पनि हर्षित थिए ।
गाउँमा दन्त रोगी धेरै भएकोले पटक पटक दन्त शिविर सञ्चालन गर्नु पर्नेमा जोड दिइएको छ। गाउँमा बालबालिकादेखि बृद्धबृद्धासम्म दन्त रोगी भेटिए । शिविरमा स्थानीय स्वास्थ्यकर्मी र चिकित्सकले उपचार सेवा दिएका थिए।

images
प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - २२:१०:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology