Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेशमा नयाँ नियम लागु गरेसँगै सवारी लाईसेन्समा ट्रायल पास हुने बढे

बागमती प्रदेशमा नयाँ नियम लागु गरेसँगै सवारी लाईसेन्समा ट्रायल पास हुने बढे

इच्छाकामना न्युज

२१, फाल्गुण २०७९
बागमती प्रदेशमा नयाँ नियम लागु गरेसँगै सवारी लाईसेन्समा ट्रायल पास हुने बढे
images

काठमाडौं । ७० अंकभारको नियम लागू भएसँग बागमती प्रदेशभित्र चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ट्रायलमा उत्तीर्ण हुनेको संख्या बढेको छ । २ फागुनदेखि यो नियम लागू भएसँगै ट्रायलका लागि फारम भर्नेको संख्यासमेत बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार दैनिक करिब ६ हजारले आवेदन भर्न थालेका छन् । मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार ७० अंकभारको नियम लागू भएपछि उत्तीर्ण हुनेको संख्या २५ प्रतिशतले बढेको छ ।

images
images

नियम लागू नहुन्जेल ३५–४० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेकामा लागू भएपछि ट्रायल दिनेमध्ये ६०–६५ प्रतिशत उत्तीर्ण हुन थालेका छन् । ‘यो नियम लागू भएसँगै ट्रायलमा उत्तीर्ण हुने र आवदेन दिनेको संख्या बढेको छ,’ उनले भने, ‘कार्यालयहरूलाई अझ व्यवस्थित गर्ने हो भने ट्रायल दिनेको संख्यासमेत बढाउन सकिन्छ ।’ यसअघि देशका पाँचवटा प्रदेशमा ७० अंकभारको नियम लागू भए पनि बागमती र कर्णाली भने बाँकी थियो । कर्णालीमा अझै यो नियम लागू हुन सकेको छैन । लाइसेन्सका लागि दिनुपर्ने ट्रायल (प्रयोगात्मक परीक्षा)मा सानो त्रुटिले पनि पास नहुने समस्याको अन्त्यका लागि ०७७ मै संघीय सरकारले कार्यविधि ल्याएको थियो । तर, अन्य प्रदेशमा लागू भए पनि बागमती र कर्णाली प्रदेशमा सो नियम लागू हुन सकेको थिएन ।

७० अंकभारको नियम लागू गर्दा निजी ट्रायल सेन्टरहरूको व्यवसाय खुम्चने भएकाले यो नियम लागू हुन नदिन ट्रायल सेन्टरहरू नै लागिपरेका थिए । तर, अर्को दबाबपछि १ फागुनदेखि यो नियम लागू भएको हो । यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारीचालक अनुमतिपत्र वितरण कार्यविधि, २०७७’ जारी गरेको थियो । यस कार्यविधिलाई अंकमा आधारित कार्यविधि पनि भनिन्छ । यस कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चारपांग्रे यातायातको ट्रायलका ७० प्रतिशत अंक ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शत प्रतिशत अंक ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कुनमा कति अंकभार ?
विभागले बनाएको कार्यविधिअनुसार उकालो र ओरालोबाहेक अंक घटबढ हुन्छ, तर उकालो र ओरालो कटाउनै पर्छ । विभागको कार्यविधिअनुसार घुमाउरो आठलाई २० अंकभार दिइएको छ । आठमा एकपटकसम्म रेखा छोए वा खुट्टाले एकपटकसम्म टेकेमा २० अंकमध्येको १० अंक घट्नेछ । एकपटक खुट्टाले टेक्दैमा वा रेखामा छुँदैमा बाहिरिनुपर्दैन ।

तर, आठमा एकपटकभन्दा बढी खुट्टाले टेकेमा वा छोएमा, सवारीको स्टार्ट बन्द भएका, विपरीत दिशाबाट आठ घुम्न खोजेमा भने स्वतः फेल नभएको मानिनेछ । त्यस्तै, टर्न इन्डिकेटरमा १५, ट्राफिक लाइट १५, साँघुरो फलेकमा १५, स्पिड ब्रेकर/उबडखाबड १५ र उकालो–ओरालोमा २० अंकभार दिइएको छ । यी सबैमध्येबाट कुल ७० अंकभार ल्याएमा ट्रायल पास भएको मानिनेछ । तर, उकालो–ओरालोमा गल्ती गरे सीधै फेल भएको घोषणा गरिन्छ । नयाँ पत्रिकाबाट

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - ०९:४५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology