Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्देमा निःशुल्क आँखा शिविरको दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण

म्याग्देमा निःशुल्क आँखा शिविरको दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण

इच्छाकामना न्युज

१५, फाल्गुण २०७९
म्याग्देमा निःशुल्क आँखा शिविरको दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण
images

तनहुँ । म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर को दोश्रो दिन ५३६ जनाको आँखाको परिक्षण गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।  
 
शिविरको दोश्रो दिन भएको ५३६ जनाको आँखाको परिक्षण मध्ये महिला ३२५ जना र पुरुष २११ जनाको आँखाको परिक्षण गरिएको हो । उपचारको क्रममा १९ जना स्थानियको आँखामा जलविन्दु र मोतिविन्दु भएको पाईएको छ । निजहरुको  जलविन्दु र मोतिविन्दुको निशुल्क उपचारका लागी हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको छ । यसैगरि शिविरमा ५३६ जनालाई विभिन्न आँखा सम्वन्धि औषधी समेत वितरण गरिएको छ ।
 
सोही शिविरको अवसरमा चौथोे चरणको कोभिड खोप २४७ जनालाई लगाईएको छ भने जसमा महिला १३६ जना रहेका छन् भने पुरुष १११ जना रहेको छन् । यसैगरि ६ डोज वुस्टर खोप लगाउनेमा पुरुष ३६ जना र ४६ जना महिला रहेको स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले वताए । शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिएको छ । 
 
म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले निशुल्क आँखा शिविरवाट जनता लाभान्वित भएको वताउनुभयो । अव तत्काल केही समय पछि पुन निशुल्क दाँत शिविर संचालन गर्ने तैयारी भईरहेको समेत वहाँले वताउनुभयो । ३ दिन सम्म चल्ने निशुल्क आँखा शिविर १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुनेछ ।  हिजो भएको आँखाको परिक्षणमा २०५ जना सेवाग्राहीेले आँखाको परिक्षण गराएका थिए । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - २२:२६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology